रविसँग आजको बयान सकियो, बाँकी आइतबार लिइने
काठमाडाैँ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा लिइएकाे आजको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो साढे ३ बजेबाट आजका लागि बयान सकिएको हो । अब आईतवार थप बयान लिनेगरी आजको लागि बयान सकिएको बताइएको छ ।
पाेखराकाे सूर्यदर्शन सहकारीकाे रकम अपचलन तथा संगठित अपराधमा अनुसन्धान गर्न कार्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका थिए । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा समेत लामिछानेविरुद्ध मंसिर २ गते पक्राउ अनुमति जारी भएपछि उनलाई बिहीवार साँझ काठमाडौं ल्याइएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१ १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय