काठमाडाैँ । “स्वास्थ्य पहुँच समयमा, सबैमा” नाराका साथ विगत २ वर्ष देखि संचालनमा रहेको डक्टर्स हब नेपालले यस नारालाई थप जीवन्त बनाउन भनिमंडल ललितपुरमा रहेको मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर संग सहकार्य गरेको छ। दुई संस्था बिच भएको सम्झौता अन्तर्गत भेटेरै सेवा लिन चाहने सेवाग्राहीहरुका लागि डक्टर्स हब नेपालका प्रतिनिधि विशेषज्ञहरु मेडेक्स मल्टिस्पेस्यालिटी क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न समय तालिका अनुसार उपलब्ध रहनेछन् ।
स्वास्थ्य सँग सम्बन्धित विभिन्न विषयमा बनाइएका पोड्काष्ट र अनलाईन सामग्रीले प्रभावित भएर प्रत्यक्ष रुपमा विशेषज्ञ भेट्न र सेवा-सल्लाह लिन चाहने सेवाग्राहीको लागि यो सेवा विस्तार गरिएको सीईओ विज्ञान गुप्ता बताउनुहुन्छ। "विशेषत: एउटै आनलाइन प्लाटफर्म मार्फत् विभिन्न रोग तथा स्वास्थ्य सेवाको जानकरी दिने, विभिन्न हस्पिटलमा कार्यारत विशेषज्ञ संग एकै ठाउँबाट अप्वाइन्टमेन्ट मिलाइदिने, कुनै समस्या भएपछि त्यसका लागि कुन डाक्टर भेट्ने, कहाँ जाने भनेर थाहा नभएकालाई सल्लाह दिई अप्वाइन्टमेन्ट दिलाउने साथै टाढा भएका वा फुर्सद नमिल्ने व्यक्तिका लागि अनलाइन परामर्श गराइदिने उद्देश्यका साथ डक्टर्स हब नेपालको सुरुवात भएपनि सेवाग्राहीले डक्टर्स हब नेपालकै क्लिनिक/हस्पिटल आउन चाहेको कारण पनि यो सहकार्य गरेका हौँ र आगामी दिनमा आधुनिक सेवासुविधा दिने यस्तै क्लिनिक/हस्पिटलको सहकार्यमा थप गाउँ-शहरमा पनि विस्तार गर्नेछौं" सीईओ गुप्ताले बताए।
डक्टर्स हब नेपालले हाल अनलाईन परामर्शका साथै विभिन्न क्लिनिक/हस्पिटलमा अप्वाइन्टमेन्ट गराइदिने कार्य गरिरहेको छ भने भविष्यमा घरमै डाक्टर/निर्सिंग/फिजियो सुविधा उपलब्ध गराउने, अनलाइन फार्मेसी संचालन गर्ने र स्वास्थ्य संग सम्बन्धित विभिन्न वस्तु पनि विभिन्न सेवाप्रदायकको सहकार्यमा आफ्नै प्लटफर्म मार्फत् उपलब्ध गराउने उद्देश्य लिएको छ।
सेवाग्राहीले www.doctorhubnepal.com वेबसाइट तथा ९७०२६९७०२७ माेबाइल नम्बरबाट थप जानकारी र सेवा-सुविधा प्राप्त गर्न सक्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।