नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले ककनी- २ मा सुर्य जिम्बा तामाङले निर्वाचन जित्नु अनिवार्य भएको बताएका छन् । निर्वाचन प्रचार-प्रसारको क्रममा ककनीका हेरक बस्ती र टोलमा घरदैलो गर्दे बिरुवा पुगेर नेता केसीले कोणसभालाइ सम्बोधन गरेका थिए । प्रचारप्रसार कमिटीले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै नेता केसीले सुर्य तामाङलाई मत हाल्न आग्रह गरे । तामाङले जित्नु भनेको कांग्रेसकै जित रहेकाे बताए ।
'ककनी वडा नं २ मेरो पनि वडा यो माटो सगं मेरो अन्तरनिहीत सम्बन्ध छ,' केसीले भने, 'ककनी बासीहरुसँग सगै खेलेको हुर्केको बालपनका सखीहरुको यादगरछ । याहाँका हरेक टोलबस्ती सगं मेरो पारीवार जस्तै सम्बन्ध छ । त्यसकारणले पनि तपाइहरु मतदाताले मलाइ सम्झेर सूर्य जिम्बा तामागं लाई मतदान गरी जिताउनु आग्रह गर्दछु । याहाँका हरेक बिकाश निर्माण लाई गति दिने काम काग्रेसले गर्छ । सूर्य जिम्बा तामागंले गर्छ नेता केसीले बताउनु भयो । ककनीमा अहिले सम्म जति बिकासका कामहरु भए त्यो सबै नेपाली काग्रेसको पालामा मात्र भएको छ । त्यसकारण पनि तपाइहरु ककनी वासीले मनन गर्न जरुरी छ तपाइहरुले नेकपा माओबादी र नेकपा एमालेका नेताहरुलाई प्रश्न गर्नुहोस तपाइहरुको सरकार हुदाँ के गर्नु भयो काहाँ काहाँ बजेट बिनियोजन भए ?कामजति नेपाली काग्रेसले गर्ने अनि झुटा आश्वासनका पोकाबोकेर जनताको घरदैलो आउने नेताहरु लाई बहिश्कार गर्नुहोस म २ न वडा मतदाताहरुलाई बिशेष आग्रह गर्न चाहान्छु ।'
नेता केसीले नुवाकोट जिल्लालाई विकसित बनाउने मात्रै आफ्नो लक्ष्य भएकाले आफूलाई त्यो भन्दा बढ्दा अरु कुनै अपेक्षा नभएको बताए । कांग्रेसले जितेमात्रै विकास निर्माण सम्भव हुने दावी समेत गरे ।
कांग्रेसका नेताहरुले आफूहरु एकजुट भएको बताए पनि कंग्रेस नेता अर्जुननरसिंह केसीका दाजुभाई उक्त सभामा प्रमुख अतिथी र बिशेष अतिथी थिए तर महत पक्षधर नेताहरुको उपस्थिति न्यून थियो । काउनेथना चोकमा भएको अन्तिम कोणसभामा प्रमुख अतिथि डा. प्रकाश शरण महत र अतिथीहरुमा जिल्ला सभापति रमेशकुमार महत लगायतका महत निकटका नेताहरुको बाक्लो उपस्थिति थियो ।
प्रमुख अतिथि महतले नुवकोटको विकासका लागि आफू अर्थमन्त्री हुँदा धेरै ठूला बजेटहरु पारेर वर्षौंदेखि थन्किएर बसेका विकासका कामहरुलाई चलायमान बनाउँदै धमाधम काम भइरहेको बताए । काँग्रेसले जितेमात्र गाउँठाउँको विकास हुने दाबी गर्दै उम्मेदार सूर्य जिम्बा तामाङलाई नै जिताउन उनले ककनी २ का जनतालाई अनुरोध गरे ।