काठमाडौं । कानून अनुसार दर्ता भएका क्रसर उद्योग तत्कालन नवीकरणको व्यवस्था मिलाउन क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आग्रह गरेको छ । कार्यक्रममा क्रसर उद्यमीहरुले सरकारले स्पष्ट कानून र मापदण्ड ब्यवस्था गरेर ब्यवसाय सूचारु गर्न माग गरेका छन्।
मंगलबार महासंघको ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’कार्यक्रममा महासंघले यस्तो आग्रह गरेको हो ।
पदभार तथा सम्मान कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई संरक्षण गर्ने हिसावमा नीति निर्माण गर्नुपर्ने बताए ।
यस्तै, संसदको राज्य व्यवस्था समितीका सभापति रामहरी खतिवडाले नेपालको विकास निर्माणमा अत्यावश्यक वस्तु क्रसर उद्योगबाट राज्यलाई पु¥याउने योगदानहरु महत्वपूर्ण रहेको बताए । साथै उनले खानी तथा क्रसर उद्योगमा देखिएका समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकमा बहुमतको सरकार हुँदापनि सरकार निरिह बनेको धारणा व्यक्त गरेका छन् । अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा भुक्तानीको समस्या भइरहेकाले अर्थतन्त्र चलायमान हुन नसकेको अहिलेको कठिन अवस्थामा सरकारले उद्योगमैत्री र निर्माणमैत्री वातावराण बनाउनुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकार बनेसँगै उत्साहित भएका व्यवसायीहरु निरासामा बाच्नु परेको गुनासो समेत गरेकाछन् ।
पत्रकारहरुलाई सम्मान
कार्यक्रममा आर्थिक पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पत्रकार तथा संचारमाध्यमलाई सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रममा न्यूज २४ टेलिभिजनका आर्थिक व्यूरो प्रमुख नवराज चालिसे, नेपाल प्रेसकर्मि राजाराम न्यौपाने, शौर्य दैनिकका चुडामणि उप्रेती, प्राइम टेलिभिजनका आशुतोष अर्याल, न्यूज एजेन्सी नेपालका अनिष मिजार, मध्यान्ह दैनिकका छवि सापकोटा, टक्सार म्यागजिनका रवि थापा, लोकान्तर डटकमका प्रकाश बुढाथोकी लगायतका पत्रकारहरु सम्मानीत भएका थिए ।
न्यूज २४ कर्मी चालिसेले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा ब्यवसायी क्षेत्रमा लगानीको वातावरण बनाउन राज्यले कानूनी जटिलता र कठिनाई हटाएर समस्यामा रहेका क्रसर उद्योगलाई ब्यवस्थित र मापदण्ड भित्र रहेर संचालन गर्न सक्ने वातावरण बनाउनु पर्ने भनाई ब्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग उद्योग ब्यवसायी महासंघका अध्यक्ष भगिरथ सापकोटाले राज्यले ब्यवसायिक वातावरण निर्माण गर्न नसक्दा उद्योगधन्दा समस्यामा परेकोले नीजि क्षेत्र पलायन हुने अवस्थामा पुगेको बताए । कार्यक्रममा महासघका अध्यक्ष सिताराम न्यौपानेको अध्यक्षतामा नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण गरिएको थियो ।