News 24 Television
सिमावर्ती शहर काँकरभिट्टामा रिडर्स फेस्टिबलको तयारी

झापा । बदलिँदो समय र परिवेशसंगै नेपालमा अध्ययन र पठन संस्कृतिमा दिनप्रतिदिन कमी आइरहेको छ । त्यसैलाई मध्यनजर गर्दै यहीँ मंसिर २७, २८ र २९ गते  रिडर्स अभियान नेपालले प्रथम रिडर्स फेस्टिवलको तयारी तिब्र पारिरहेको छ । 

परिवर्तित अध्ययन शैली र पठन संस्कृतिलाई उत्प्रेरित र प्रोत्साहित गर्ने उदेश्यले झापाको मेचीनगरमा रिडर्स फेस्टिवलको आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । 

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापित रिडर्स अभियान नेपालको आयोजनामा नेपालको पूर्वी सीमा सहर काँकरभिट्टामा हुने तीनदिने रिडर्स फेस्टिवलमा विभिन्न पुस्तकका लेखक र पाठकहरुले सघन अन्तरक्रिया गर्ने रिडर्स अभियान नेपालका अध्यक्ष सन्तोष आचार्यले जानकारी दिए।

1-1732697046.JPG
‘नेपालमा भइरहेका कला–साहित्य उत्सवहरुको अहिलेसम्मको चलन हेर्दा लेखक बढी बोल्ने, पाठकले सुन्ने हुँदै आएको देखिएको छ’, अध्यक्ष आचार्यले भने ‘हाम्रो फेस्टिवलमा लेखकभन्दा पाठकहरु बढी प्राथमिकतामा हुनेछन्।’

रिडर्स फेस्टिवलमा कोशी प्रदेशदेखि नेपालका विभिन्न भागबाट लेखक तथा पाठकहरु सहभागी हुनेछन्। उनका अनुसार ‘लेखन–पठन तथा चिन्तनका विभिन्न विषयमा विमर्शहरु पनि हुनेछन्’ ।

1-1732697046.JPG
साथै सोही अवसरमा मावि तथा क्याम्पस स्तरका विद्यार्थी र खुल्ला रुपमा अनौपचारिक अध्ययनमा लागेकाहरुलाई समेटेर फेस्टिवलमा प्रतिस्प्रधात्मक प्रस्तुती समेत हुने जनाइएको छ ।

अध्ययन र पठन संस्कृतिमा रुचि राख्नेहरूका लागि मोफसलमा हुन लागेको यस किसिमको फेस्टिवल एउटा कोशेढुङ्गा हुने रिडर्स फेस्टिवलको पर्खाइमा रहेकाहरू बताउँछन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update