काठमाडौँ । मानव तस्करीको गम्भीर आरोप लागेर पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद लिलाबल्लभ अधिकारी रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेसँगै उनलाई प्रहरीले रिहा गरेको हो ।
जापानमा मानव तस्करीको प्रयास गर्दा विमानस्थबाटै फर्कनुपरेको अभियोगमा उनलाई पक्राउ गरिएको थियो । अनुसन्धानपछि जिल्ला प्रहरी परिसर, काठमाडौँले अधिकारीसहितका १२ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो । तर सरकारी वकिलले भने मन्त्रीको संलग्नता देखिने आधार पुष्टि नभएको भन्दै उनीबाहेक अन्यलाई मात्रै मुद्दा चलाउने निर्णय सोमबार गरेको हो ।
सांसद अधिकारी सँगसँगै पक्राउ परेका अन्य ९ जना र फरार ३ जनालाई प्रहरीले प्रतिवादी बनाएर प्रतिवेदन सरकारी वकिलसमक्ष पठाएको हो । तर सरकारी वकिलले भने उनलाई मुद्दा नचलाउने भएपछि प्रहरीले हिरासतमुक्त गरेको हो ।