News 24 Television
परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाको चीन भ्रमण सरकारले स्वीकृत गरेको छ । यही मंसिर १३ गते परराष्ट्रमन्त्री  राणा चीन जाने कार्यक्रम सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

यही मंसिर १७ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तय भएको छ । प्रधानमन्त्रीको भ्रमणको पूर्वतयारीका परराष्ट्रमन्त्री राणा अगाडि नै चीन जान लागेकी हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार नै आफ्नो चीन भ्रमणबारे परामर्श लिन पूर्व–प्रधानमन्त्रीहरू तथा पूर्व–परराष्ट्रमन्त्रीहरुको बैठक बसालेका थिए । बैठकमार्फत चीनसँग कुनै पनि नयाँ सम्झौता नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update