News 24 Television
नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

काठमाडाैँ । मंसिर १५ गतेदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण/सार्वजनिक गरिएको छ । सोमवार धरहरा परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपिएलको ट्रफी अनावरण गरेका हुन् ।

अनावरण कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु लागयत सबै आठ टिमका मार्की खेलाडी र क्रिकेटहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले एनपिएलले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्याउने आशा व्यक्त गरे । उनले प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत एनपिएलको ट्रफी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘नेपाल प्रिमियर लिगको यो ट्रफीले एक त नेपालको प्राकृतिक सम्पदाको प्रवद्र्धन गर्दै पर्यटनमा सहयोग पु¥याउने आशा राखेको छ । सँगै अझ महत्वपूर्ण पक्ष हाम्रो प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत महत्वपूर्ण हुनेछ । यो ट्रफी मात्रै रहेन, यो सिंगो देशलाई एकै ठाउँमा, एकै स्वरमा विश्वलाई संरक्षण गर्ने सन्देश रहेको छ ।’

सचिव खड्काले सिंगो देशलाई एकै ठाउँमा उभ्याउन एनपिएल महत्वपूर्ण सावित हुने बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update