काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी मध्यम गतिले भइरहँदा बीआरआईका कारण सत्तारुढ कांग्रेस र एमालेबीच तनाव आउने देखिएको छ ।
कांग्रेसले आफ्नो पुरानै अडान दोहो¥याउँदै बीआरआईलाई ऋणको रुपमा स्वीकार्न नसकिने स्पष्ट पारेपछि भ्रमणको एजेण्डा के हुने भन्नेमा सत्ता साझेदार दलबीच नै सहमति हुन सकिरहेको छैन ।
प्रधानमन्त्री ओलीले गर्न लागेको चीन भ्रमण र बीआरआईमा नेपालले के गर्छ भन्नेमा भारत र अमेरिकाले पनि चासो देखाइरहेका छन् ।
भारत र चीनले नेपालको राजनीतिमा आर्थिक, सांस्कृतिक, र रणनीतिक कारणले महत्वपूर्ण भूमिका खेल्छन् । जसमध्ये भारतले नेपाललाई आफ्नो प्राकृतिक सुरक्षा क्षेत्रका रूपमा हेर्छ । भारतसँगको खुला सीमा, सांस्कृतिक र ऐतिहासिक सम्बन्धका कारण नेपालमाथि भारतको प्रभाव गहिरो छ ।
नेपालको राजनीतिक स्थिरता र अस्थिरतामा भारतले प्रत्यक्ष\अप्रत्यक्ष रूपमा प्रभाव पार्दै आएको छ । मधेस आन्दोलनदेखि संविधान निर्माणसम्म भारतको चासो आम नागरिकले पनि थाहा पाउनेगरी देखिएको छ ।
नेपालको जलस्रोत विशेषगरी गण्डक र कोशी भारतका लागि ऊर्जा र सिचाईका लागि महत्वपूर्ण छन् । त्यस्तै भारती सहरहरुमा बढ्दै गइरहेको घना आवादीका कारण पनि त्यहाँ विस्तारै खानेपानी चरम संकट बन्दै गइरहेको छ ।
यसका लागि पनि भारत नेपालका खोलानालाहरुमाथि अहिलेदेखि नै पकड जमाउन चाहन्छ । त्यसैगरी चीनले नेपाललाई बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई अन्तर्गत राखेर व्यापारिक र रणनीतिक विस्तारको बाटोका रूपमा हेर्छ । हिमालय क्षेत्र हुँदै चीनले भारतमाथि रणनीतिक दबाब सिर्जना गर्न नेपाललाई कूटनीतिक साझेदार बनाउने प्रयास गरिरहेको छ ।
तिब्बतसँगको सीमा सुरक्षा र भू–राजनीतिक महत्वका कारण चीनले नेपालसँगका सम्बन्धलाई गम्भीर रूपमा लिन्छ । नेपालमा फ्रि तिब्बत सम्बन्धी कुनैपनि गतिविधि नहोस् भन्नेमा चीन सधैँ सचेत र चिन्तित देखिदै आएको छ ।
खासगरी चीन नेपाललाई तटस्थ राखेर तिब्बत सुरक्षामा सधै एक नीतिको पक्षमा नेपाललाई उभ्याउन चाहन्छ । चीनले नेपालमार्फत् भारतमाथि रणनीतिक दबाब सिर्जना समेत गर्न सक्ने भएकाले पनि उसले नेपाललाई यस्तै दृष्टिकोणले पनि हेरिरहेको छ ।
अमेरिकी चासो
नेपालमा अमेरिकाले पनि आफ्नो उपस्थित बढाउँदै लगिरहेको छ । नेपाललाई चीनको प्रभावबाट अलग राख्दै पुरै दक्षिण एसियामै आफ्नो रणनीतिक उपस्थिति बलियो बनाउने उद्देश्य अमेरिकाको छ ।
अमेरिकाले नेपालमा एमसीसीमार्फत् आधारभुत पूर्वाधार र उर्जा विकासमा सहयोग पु¥याउन खोजेको छ । तर एमसीसीलाई भूराजनीतिका जानकारहरु बीआरआईको प्रतिष्पर्धी ठान्छन् ।
दक्षिण एसियाली राष्ट्रहरुमा चीनको विस्तारलाई रोक्न पनि अमेरिकाले यो क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्ने रणनीति अख्तियार गरेको छ ।
त्यसैले पनि अमेरिका नेपालमा मानव अधिकार, लोकतन्त्र र विकासका क्षेत्रहरुमा चासो देखाउँदै आफ्नो उपस्थिति मजवुत् बनाउने प्रयासमा लागिरहेको छ ।
बीआरआई भर्सेस् भारत र अमेरिका !
बीआरआई नेपालमा कार्यान्वयन हुँदा भारत र अमेरिका दुबै त्रसित हुने मुख्य कारण भू–रणनीतिक र आर्थिक प्रतिस्पर्धा हो । नेपालमा चीनको पूर्वाधार र रणनीतिक उपस्थितिले भारत दबाबमा पर्छ भने चीन–नेपाल सम्बन्धले भारतको परम्परागत व्यापारिक प्रभाव र सुरक्षा रणनीतिमा चुनौती दिन सक्छ ।
बीआरआई नेपालमा कार्यान्वयन हुँदा यसले दक्षिण एसियाका अन्य देशहरुमा पनि प्रभाव विस्तार गर्न मद्दत पुग्छ, जसले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिलाई दक्षिण एसियामा कमजोर बनाउन सक्छ । त्यसैले पनि भारत र अमेरिका नेपालमा आफ्नो प्रभाव गुम्ने त्रासमा छन् ।
नेपाललाई पार्ने प्रभाव !
बीआरआईको कार्यान्वयनले नेपालमा पूर्वाधार निर्माण र व्यापारिक मार्गहरू विस्तार गर्न मद्दत पुग्न सक्छ भने डेड सयभन्दा बढि राष्ट्रसँग जोडिई सकेको बीआरआईका कारण नेपालका लागि पर्यटन र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु पनि खुल्न सक्नेछन् । तर नेपालले बीआरआईलाई कार्यान्वयनको चरणमा लगेपछि सोचेअनुरुप भएन भने चाँही नेपाल अप्ठ्यारोमा पर्न सक्छ ।
बीआरआई कार्यान्वयनसँगै भारत र अमेरिकासँगको नेपालको सम्बन्धमा असन्तुलन आउने खतरा यथावत् नै छ भने ऋणको रुपमा आउने बीआरआई परियोजना श्रीलंकाले सामना गरेजस्तो बन्यो भने यसले नेपाललाई थप जटिलता तर्पm डो¥याउने खतरा पनि उत्तिकै छ ।
त्यसैले नेपालको भू–रणनीतिक स्थिति, भारत, चीन, र अमेरिका लगायतका शक्ति राष्ट्रहरुबीच सन्तुलन कायम राख्दै नेपालको दीर्घकालीन स्थिरता र समृद्धिका लागि अत्यावश्यक पहल चाल्नु हितकर देखिन्छ ।