रवि लामिछानेको म्याद फेरि १५ दिन थपियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाइ थप १५ दिन लम्बिएको छ । आइतबार कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न १५ दिनको म्याद थप गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो ।
गत कार्तिक २ गते देखि प्रहरीको नियन्त्रणमा रहेका लामिछानेविरुद्ध सहकारी ठगीको आरोप लगाइएको छ । उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ गरिए पनि रुपन्देही, काठमाडौँ, चितनवन लगायतका अन्य सहकारी गठी प्रकरणमा समेत मुछेर बयान लिने क्रम जारी छ ।
थपिएको म्यादसँगै रविलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीबारे बयानका लागि काठमाडौँ ल्याउने तयारी प्रहरीको छ । यससँगै चितवन जिल्ला अदालतले समेत रविविरुद्ध पक्राउ पुर्जी जारी गरेकाले उनलाई चितवनमा समेत लगिने भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१ १७:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय