पर्सा । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा चित्त नबुझाएर पुनर्योग गर्दा पर्सामा एक छात्राले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल बनेकी छन् ।
रिया साहले एसईईको नतिजामा चित्त नबुझाई गरेको पुनर्योगमा उत्कृष्ट नतिजा ल्याएपछि उनलाई नगदसहित सम्मान समेत गरिएको छ । शैक्षिक सत्र २०८० को एसईई परिक्षामा वीरगञ्जको गौतम माध्यमिक विधालयमा अध्यन्नरत रिया साहले ३.९७ जीपीए ल्याएर पर्सा जिल्ला टप गरेकी छन् ।
साहलाई विद्यालयले एक कार्यक्रमको आयोजना गरी छात्रा रियालाई २५ हजार नगद पुरस्कार र सम्मान पत्रसहित सम्मान गरेको छ । गत असारमा राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा पर्साकी रिया साहले ले अन्य विषयहरुमा ए प्लस ल्याएपनि कम्पूटर साईन्सको विषयमा भने बी प्लस ल्याएकी थिईन ।
त्यतीबेला उनको एसईईको नतिजा ३.९५ पीए रहेको थियो । अहिले पुनर्योग गर्दा उनले ३.९७ ल्याएकी हुन् । जिल्लामै उत्कृष्ट बनेपछि विधार्थी रियाले आफ्नो आमाबुबा तथा विद्यालयको साथका कारण उक्त नतिजा ल्याउन सफल भएको बताईन् ।
यस्तै, विद्यालयकी सह–प्रधानाध्याक पिया लामाले विधार्थीको उत्कृष्ट नतिजाले आफूहरु गौरभान्वित महसुस गरिरहेको बताईन् । छात्राले गरेको मेहेनतप्रति परिवारजनले गरेको विश्वासको कारण सफलता हासिल भएको भन्दै उनले प्रशंसा समेत गरिन् ।
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रसाशन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विद्यार्थीको आफूप्रतिको अटल विश्वास र परिवारजनको साथले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
नतिजा प्रकाशनमा परीक्षा बोर्डले गरेको लापरबाही यो प्रकरणबाट बाहिरिएको छ । परीक्षाफल सार्वजनिक गर्दा ध्यान दिनुपर्नेमा यस्ता गल्ती गर्दा विद्यार्थीमा पर्ने मानसिक असरबारे समेत सचेतता अपनाउन आवश्यक छ ।