News 24 Television
सत्तासँगै सडकमा एमाले : जनतालाई सास्ती दिएर कसका लागि शक्ति प्रदर्शन ?

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले सडकमा समेत शक्ति प्रदर्शन गरिरहेको छ । तथाकथित जागरण सभाको नाममा शुक्रबार राजधानीका प्रमुख सडक अस्तव्यस्त हुनेगरी एमालेले सडकमा कार्यकर्ता उतारेको हो । 

काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन शुरु गरेको छ । एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । सभा दरबार मार्गमा हुने भनिए पनि महाराजगंज चक्रपथबाटै सार्वजनिक सवारी साधन प्रहरीले रोक्दा यात्रुहरुले दुःख पाएका छन् । 

Emale-1732261727.jpg
पुतलीसडक, दरबारमार्ग, ठमेल–लैनचौर, त्रिपुरेश्व तथा बानेश्वर रुटबाट रत्नपार्क हुँदै चल्ने सवारी साधन अस्तव्यस्त बनेका छन् । काममा हिँडेका र बालबच्चा बोकेर अस्पताल हिँडेका यात्रु अलपत्र परेको देखिन्छ । 

भद्रकालीबाट सुरु भएको एमालेको ¥याली न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत भएको छ । सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन र्गदै छन् ।

Emale-(2)-1732261729.jpg
तर सत्ताको नेतृत्वमा हुँदाहुँदै एमालेले सडक प्रदर्शन गर्नुको कारण र औचित्य भने देखिँदैन । सत्ता साझेदार दल काँग्रेससँगै मतभेद र खटपट सुरु भइसकेको अवस्थामा एमालेको शक्ति प्रदर्शनबारे अनेक आलोचना अडकल भइरहेका छन् । 

Emale-5-1732261727.jpg

Emale2-1732261726.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update