काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार साेही प्रयाेजनका लागि नेपाल आएका द्विवेदीलाई बिहीबार नेपाली सेनाकाे महारथीकाे दर्जा प्रदान गरिएकाे हाे ।
राष्ट्रपति निवास शीतलनिवासमा आयोजित एक समारोहका बीच सेनापति द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राईलगायत विशिष्ट व्यक्तित्वहहरुको उपस्थिति रहेको थियो ।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरुप दुवै देशले एक-अर्का देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने परम्परा रहेको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी बुधवार ५ दिने भ्रमणका लागि नेपाल आएका थिए ।