News 24 Television
सडक र खोलाको मापदण्ड खारेजी माग गर्दै प्रदर्शन

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका नागरिकहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् । सडक तथा खोलाको मापदण्ड खारेज गर्न माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् ।

बिहीवार भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा बिरोध प्रदर्शन भएको हो । काठमाडौंको माईतीघरमा भेला भइ उनीहरुले विभिन्न नाराबाजी गरिरहेका छन् ।

1732171546-XynVx-1732174464.jpg
उनीहरुले जनताको पीडामा सरोकार नराख्ने सरकार चाहिँदैन, फैसला हाइन न्याय गर, मापदण्डका नाममा जनतालाई उठिवास गर्न पाइँदैन,खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता बिस्थापित गर्न पाइँदैन, खबरदार, मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर्, सडक तथा खोलाको मापदड खारेज गर्, निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर् लगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् । 

1732171548-qdrEX-1732174466.jpg
1732171549-YaiTV-1732174466.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update