काठमाडौं । बाल दिवसको अवसर पारेर भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवाको औपचारिक सुरुवात गरेको छ ।
कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय पारित भएसंगै क्यान्सर पिडीत १४ वर्षमुनिका बालबालिका उपचार सेवा निःशुल्क गरिएको छ । मंसिर १ गतेबाट नै भक्तपुर क्यानसर अस्पतालले निःशुल्क सेवा सुरु गरेता पनि औपचाररिक जानकारी दिनका लागि बाल दिवसको अवसर पारेर सेवाको औपचारीक सेवा सुरु गरेको हो ।
भक्तपुर क्यानसर अस्पतालमा वार्षिक ८० देखि १ सय नयाँ बाल क्यान्सरका बिरामी देखिने गरेका छन् । साथै हाल १ सय भन्दा बढि अस्पतालमा उपचारत क्यान्सर पीडित बालबालिका अस्पतालमा उपचारत छन् ।
कतिपय क्यान्सर पीडित बालबालिका उपचार खर्चका कारण उपचारको दायरासम्म आउँन नसके पनि अब निःशुल्क उपचार सुरु भएसंगै यस्ता बिरामी पनि उपचारको दायरा सम्म आइपुग्ने भक्तपुर क्यान्सर अस्पतालको भनाई छ ।
सरकारले भक्तपुर क्यान्सर अस्प्ताल, महाराजगञ्ज स्थित कान्तिबाल अस्पताल, तथार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन गरी तीन अस्पतालमा निःशूल्क क्यान्सर उपचाको व्यवस्था गरेको छ ।
साथै अस्पतालले प्रदान गर्ने सबै स्वास्थ्य उपचारका साथै बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि समेत निःशुल्क प्रदान गरिनेछ ।
साथै ३५ प्रकारका औषधि बाहेक आवश्यक पर्ने औषधि पनि निःशुल्क प्रदान गर्नका लागि स्वास्थ्य मन्त्रालयले पहल गरिरहेको स्वास्थ्य मन्त्री प्रदिप पौडेलले बताएका छन् ।
नेपालमा कुल मृत्युमध्ये ७१ प्रतिशत नसर्ने रोग कारण हुने छ । साथै त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको सरकारी तथ्यांक छ । त्यस्तै नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती मध्ये ३० देखि ४० प्रतिशत बालबालिका मात्र उपचारको दायरामा पुग्ने गरेका छन् ।
यसरी उपचारको दायरासम्म सबै क्यान्सर पीडित बालबालिका उपचारको दायरासम्म नपुग्नुका कारण आर्थिक अवस्था नै देखिन्छ ।
त्यसैले सरकारले १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार तथा औषधी प्रदान गर्ने भएसंगै उपचारको दायरामा नआएका बालबालिकालाई उपचारको दायरामा ल्याउन निःशुल्क औषधि उपचारले सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।