News 24 Television
उजाडिदै रारा राष्ट्रिय निकुन्ज, काठ तस्करी बढ्यो

मुगु । रारा राष्ट्रिय निकुञ्ज दिन प्रतिदिन उजाड बन्दै गएको छ ।  रारा तालको सुन्दरतासँगे १ हजार २४ प्रजातिका बनस्पतिले घेरिएको घना बनजङ्गलमा पछिल्लो समयमा काठ दाउरा चोरी निकासी हुन थालेपछि उजाडिन थालेको छ ।  

निकुन्जको संरक्षणका लागि राज्यले करोडौं रकम खर्च गरेपनि सरोकारवाला निकायको लापरबाहीका कारण वन उजाड बन्दै गएको हो । एक रिपोर्ट 
२०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्जको  क्षेत्रफल १ सय ६ वर्ग किलोमिटर रहेको छ । २०६३ सालमा मध्यवति क्षेत्र घोषण भएको १ सय ८९ वर्ग किलोमिटर बफरजोन क्षेत्र रहेको छ  । 

रारा राष्ट्रिय निकुञ्जले जुम्ला र मुगु जिल्लालाई ओगटेको छ । पछिल्लो समयमा राज्यको निति अनुसार मध्यवर्ति क्षेत्र निकुञ्ज छेउछाउमा रहेका बस्तीहरुलाई सहजताको लागी बफरजनको निति ल्याएपछि वफरजनमा केही अधिकार दिए पछि  निकुञ्ज भित्र रहेका बनस्पति, बन्यजन्तु,जडिबुटी,जलचर थलचर,काठ दाउराको बढी चोरी निकासी हुन थालेको हो । 

निकुञ्ज स्थापना भएको १५,२० बर्ष पछिसम्म निकै घना बनजङ्गल थियो  । तर पछिल्लो समय  हेर्दा धना बनजङ्ग देखीए पनि भित्र पुरै रारा राष्ट्रिय निकुञ्जको बन मासिदै गएको छ ।  
 
२०३२ देखी ३६ सालसम्म रारा तालको किनारमा घुम्न पशु चौपाय चराउन आउँदा बनजङ्गल  बाक्लो देखिन्थ्यो । त्यस्तै चराचुरीङ्गी, बदेल, माछा, फुलहरु धेरै भेटीने गरेको थियो । पछिल्लो समयमा छाडा पशुचौपाया चरीचराउ, चोरी शिकारी, तिब्र काठ दाउरा चोरीको कारण निकुञ्ज उजाड हुँदै गएको छ । 

यसको संरक्षण गर्न सबै सरोकारवालाहरुले कडाईका रुपमा लाग्नुपर्ने  नागरीक अगुवा रुप बहादुर मल्लको भनाइ छ ।  पर्यापर्यटनको गन्तब्य मानिने रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय कानुन बिपरीतका संरचना निर्माणदेखि विभिन्न परियोजनाहरुको दुरुपयोग हुने गरेको छ । यता रारा राष्ट्रिय निकुञ्जको संरक्षणको लागी नेपाली सेना, निकुञ्ज कार्यालय , मध्यवर्ति क्षेत्रका समिति लाग परेको  सरोकारवाला निकायको दावी छ । 

हिमाली निकुञ्जको नियम अनुसार पुर्जि दिएका काठ काट्नको लागी मागको आधारमा अनुमति दिएको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जमा पछिल्लो समय लोपोन्मुख बन्यजन्तुहरुका साथै विभिन्न प्रजातिको बनस्पतिहरु पनि हराउँदै गएका छन् । त्यसैले यस्ता वन्यजन्तु तथा प्रजातिको संरक्षणका लागि निकुञ्ज प्रशासनदेखि स्थानीयले पनि ध्यान दिन जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update