सहकारी पीडितहरुको आन्दोलनमा झडप
काठमाडौँ । काठमाडौंमा सहकारी पीडितहरुले आन्दोलन गरेका छन् । बुधवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र सहकारी पीडितबीच झडप समेत भएको छ ।
थापाथलीतिरबाट आएको सहकारी पीडितको जुलुसलाई प्रहरीले नेपाली सेनाको मुख्यालय प्रवेश गर्ने गेट नजिकै रोकेको थियो । तर जुलुस अगाडि बढ्न खोज्दा झडप भएको हो ।
झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय