काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्न थालेको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलेका अनुसार यही मंसिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको सम्पूर्ण क्यान्सर रोगको उपचार निःशुल्क सेवा सुरु गरिएको हो ।
गत कात्तिक ११ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी मन्त्रीस्तरीय निर्णय गरेसँगै भक्तपुर क्यान्सर अस्पतालले पनि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।
मंसिर २ गतेदेखि सेवा आरम्भ भएको अस्पतालको सेवालाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार औपचारिक रुपमै उद्घाटन गरेका छन् ।
यो सेवा सुरु भएसँगै अब बालबालिकाले आर्थिक अभावका कारण उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने र सेवामा अस्पतालले पनि निरन्तरता दिने कार्यकारी निर्देशक डा. चालिसेको भनाइ छ ।