भारतीय स्थल सेनाध्यक्ष काठमाडौँमा
काठमाडौँ । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी काठमाडौँ आएका छन् । उनी नेपालकाे ५ दिने भ्रमणका लागि बुधबार काठमाडौँ आइपुगेका हुन् ।
नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहणका लागि द्विवेदी काठमाडौँ आइपुगेको नेपाली सेनाले जनाएको छ । निर्धारित कार्यक्रम अनुसार बिहीबार (मंसिर ६ गते) द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।
काठमाडौँमा रहँदा सेनाध्यक्ष द्विवेदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई तथा प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।
नेपाल र भारतले एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिँदै आएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १५:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय