काठमाडौं । आज नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवस । संयुक्त राष्ट्र संघले विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा सबैलाई पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गर्ने उदेश्यका साथ यो दिवश मनाउन थालिएका हो । तर पछिल्लो समय काठमाडौं उपत्यकामा केहि व्यवस्थित सार्वजनिक शैचालय निर्माण भए पनि शौचालय प¥याप्त नहुदाँ सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।
तपाई कुनै काम विशेषले बाहिर निस्कीनु भएको छ र तपाईलाई शौचालय जानुपर्ने भयो भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि तपाई सार्वजननिक शौचालय कतै छ की भने खोज्नु हुन्छ र आफ्नो आशपासमा भएको शौचालयमा जानुहुन्छ होला । तर सवारी सधान व्यवस्थापनका लागि बाटोमा खटिएका ट्राफिक प्रहरीका लागि यो उपाय त्यति सहज नहोला ।
काठमाडौं उपत्यकाका विभिन्न ७९ स्थानमा १६ सयको हारहारीमा ट्राफिक प्रहरी बाटोमा परिचालित हुने छन् । यदि यो विचमा उनीहरुलाई शौचालय लाग्यो भने शौचालयको अभावमा शौच रोक्नुपर्ने बाध्यता आइपर्ने ट्राफिक प्रहरीको गुनासो छ ।
सवारी साधान व्यवस्थापनका लगि ट्राफिक प्रहरीहरुले ४ देखि ८ घण्टा बाटोमा खटिनु पर्ने हुन्छ । तर डीयुटीको समयमा शौचालय जानुपर्ने बाध्यतालाई रोक्नकै निमित्ती अंधिकास ट्राफिक प्रहरीले पानी काम खाले वा खादै नखाने समेत गर्ने गरेका छन् ।
शौचालयको महत्व सरसफाई तथा स्वास्थ्यसंग सरोकार राख्ने एक महत्वपूर्ण विषय पनि हो । सार्वजनिक शौचालयको अभाव देखिएको भन्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ शौचलय तथा भएका शौचालयका पुनः निर्माण पनि नभएका पनि होइन । तर अहिले पनि सार्वजनिक शौचालय पर्याप्यत भने देखिदैन ।
सर्वसाधारणहरु पनि पहिलाको भन्दा सार्वजनिक शौचालयलाई केहि व्यवस्थित बनाइने कोशिस गरे पनि सार्वजनिक शौचालय अभावका कारण शौचालय जानकै निम्ती खाजा गर्नुपर्ने बाध्यता नहटेको बताउँछन् ।
यस्तै, शौचालय नितान्त व्यक्तिगत सरसफाई र स्वच्छताको केन्द्रबिन्दुमा रहेको भौतिक संरचना मात्र नभई आत्मसम्मान र सुरक्षाको लागि आधारभुत आवश्यकता भएको खानेपानी मन्त्री प्रदीप यादवको भनाई छ ।
पछिल्लो समय शौचालय सफा र व्यवस्थित हुपर्ने मात्र नभएर स्मार्ट शौचालयको अवधारणा समेत आएको छ ।
काठमाडौं महानगरपालिकाले समेत विभिन्न स्थानमा स्माट शौचालय निर्माण गर्ने तथा शौचालय सहताका लागि विभिन्न कार्यलय, विद्यालय तथा विजनेस कम्लेससहित ३२ संघसस्थासंग सम्झौता समेत गरेको थियो । तर अहिले पनि पर्याप्त सार्वजनिक शौचालयको अभावका कारण सर्वसाधारणले सास्ती व्यवहोर्नुपेर्न बाध्यता छ ।