News 24 Television
रेमिट्यान्स बढेको बढ्यै, शोधनान्तर स्थिति र चालु खाता बचतमा

काठमाडौं । बैदेशिक रोजगारमा जाने नेपाली युवाहरुले पठाउने रेमिट्यान्स पछिल्लो पटक ११ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । नेपाल राष्ट्र बैकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ४ खर्व ७ अर्व ३१ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको जनाएको छ । 

नेपाल राष्ट्र बैकले यस्तो रेमिट्यास आप्रवाह गत वर्षको सोही अवधि अर्थात भदौ, असोज र कात्तिकको तुलनामा ११ प्रतिशत भन्दा बढी प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४  पुगेको छ । त्यसैगरी पुनः श्रम स्वीकृति लिनेको संख्या ५ हजार ९ सय ३९ रहेको  राष्ट्र बैकले जनाएको छ । 

त्यसैगरी नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज मसान्त सम्म विदेशी मुद्राको सञ्चिति १६ अर्ब ६० करोड डलर पुगेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनको सुरुमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको विदेशी मुद्रा बढेर १६ अर्ब ६० करोड पुगेको हो । चालु आर्थिक वर्षको ३ महिनामा आयात ४ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा शोधानान्तर स्थिति १ खर्ब ८४ अर्ब रुपैयाँले बचतमा हुँदा चालु खाता समेत १ खर्ब ११ अर्ब रुपैयाँले बचतमा रहेको राष्ट्र बैकले जनाएको छ ।

नेपालमा भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने विदेशी मुद्रा कम भएपछि शोधानान्तर स्थितिसँगै चालु खाता समेत बचतमा गएको हो । गत वर्ष अषाढ मसान्तमा शोधानान्तर स्थिति ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा थियो ।

नेपालमा भित्रिने विदेशी मुद्राको तुलनामा बाहिरिने विदेशी मुद्रा कम भएपछि शोधानान्तर स्थितिसँगै चालु खाता समेत बचतमा गएको हो । गत वर्ष अषाढ मसान्तमा शोधानान्तर स्थिति ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update