काठमाडौँ । कुनै पनि मुलुकको बिकास र संवृद्धिका लागि जनसंख्याको ठूलो भूमिका हुने गर्दछ । तर पछिल्लो केहि वर्षयता विश्वस्तरमा नै जन्मदरमा कमी आउन थालेको छ । विश्वभरमा नै जन्मदरमा कमी आउँदा विश्वभरको जनसख्या अपेक्षा गरिए भन्दा छिटो घट्दै छ । नेपालमा पनि जन्मदर विगत ८० वर्षयताकै सबैभन्दा कम जन्मदरमा सिमित भैको देखिन्छ । यसरी विश्वभर नै जनसंख्या घट्दै जादाँ यसले आर्थिक तथा समाजिक लगायतका प्रभाव पर्ने जाखिम बढाएको छ ।
पछिल्लो समय धेरै दम्पतीहरुमा कम सन्तानको चाहाना बढ्दै गएको छ । यसरी कम सन्तानको चाहान बढ्नुमा आर्थिक सामाजिक तथा प्रजनन् क्षमतामा आएको कमी लगायत विषय कारक मानिएको छ । यी र यस्तै कारणले पछिल्लो केहि वर्षयता विश्वभरको नै जन्मदरमा कमी आउन थालेको छ । अहिले विश्वव्यापी स्तरमै तीव्र रूपमा प्रजननदर ह्रास आउन थालेको छ । छिमेकी मुलुक चीनमा हालसम्मकै कम जन्मदर देखिएको छ । ल्याटिन अमेरिकी देशहरूमा पनि आधिकारिक जन्मसंख्या पूर्वानुमानभन्दा निकै कम देखिएको छ ।
अहिले संसारका हरेक देशकामा सन्तान जन्माउन नचाहाने वा कम मात्र चाहने दम्पतीको संख्या बढेको छ । यति मात्र नभएर अहिले निशन्तानको समस्या बढेका कारण पनि यसले मुलुकको जनसंख्यामा प्रभाव पारेको विभिन्न अध्ययनहरुले देखाएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार, विश्वव्यापी रूपमा ६ मध्ये १ व्यक्तिले आफ्नो जीवनकालमा बाँझोपन अनुभव गरेका हुन्छन् । पुरुष तथा महिला प्रजजन प्रणालीमा समस्याका कारण पनि पछिल्लो समय विश्वको जनसंख्यामा कमी आउँन थालेको छ ।
सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २ दशमलव ७ प्रतिशत थियो जुन त्यति वेलाको ‘विस्थापन दर’ अर्थात निश्चित स्थानमा प्रतिमहिला कति बच्चा जन्मिँदा पुरानो पुस्तालाई नयाँ पुस्ताले विस्थापन गर्छ भन्ने दर २ दशमलव १ प्रतिशत भन्दा बढी थियो । तर अहिले औसत प्रजनन दर २ दशमलव ३ प्रतिशत छ । साथै यो दर घट्दो क्रममा छ । कुल गार्हस्थ्य उत्पादनका हिसाबले ठूला १५ देशको प्रजनन दर विस्थापन दरभन्दा कम छ । त्यसमा अमेरिका सहित संसारका अधिकांश धनी देश पनि रहेका छन् ।
यसरी प्रजजन दर कम हुने मुलुकहरुमा छिमेकी मुलुक भारत र चीन पनि रहेका छन् । चीनको प्रजनन दर १ दशमलव २८ छ भने भारतको २ दशमलव ०५ प्रतिशत रहेको छ । त्यस्तै एसियामा एसियामा प्रजनन् दर २२ दशमलव ५ प्रतिशत छ । त्यस्तै अष्ट्रेलिया र ओशिनिया प्रजजन् दर ५.५६ प्रतिशत देखिन्छ ।
नेपालको कुरा गर्ने हो भने नेपालमा पनि जनसंख्या घट्दो छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु तथ्यांक अनुसार नेपालमा २ करोड ९२ लाखको हाराहारीमा जनसंख्या छ । यो जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पनि तल रहेको छ । यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम जनसंख्या वृद्धिदर हो । नेपाली महिलाको कुल प्रजनन दर हेर्ने हो राष्ट्रिय जनगणना २०७८ अनुसार १ दशमलव ९ मात्र देखाएको छ । तर नेपालमा सन् १९८१ मा कुल प्रजनन दर ६ दशमलव ४ प्रतिमहिला रहेको थियो । यसरी विश्वमा नै घटेको प्रजनन दरका कारण विश्वको जनसंख्यामा कमी आउँन थालेको छ ।
जनसंख्या घट्नुलाई केहीले गम्भीर आर्थिक संकटलाई कारक मानेका छन् । जसको असरका रुपमा आर्थिक संकटका कारण खासगरी हाउजिङ, भौतिक पूर्वाधार तथा सेवाजन्य व्यवसायमा ठुलो गिरावट आउने बताइन्छ । यस्तै काम गर्ने युवा घट्ने र वृद्धवृद्धाको संख्या बढ्दै जाँदा उनीहरूका लागि बढीभन्दा बढी वृद्धभत्ता थप्नु पर्दा सार्वजनिक वित्तमा ठुलो दबाब पर्ने राष्ट्रसंघको रिपोर्टले बताएको छ । तर विश्वभरमा नै जनसख्या कम हुदाँ पर्यावरणमा भने सकारात्क प्रभाव पर्ने समेत बताइन्छ ।