News 24 Television
पूर्वसभामुखलाई श्रद्धाञ्जली दिन पुगे प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू,  आर्यघाटमा अन्त्येष्टि

काठमाडाैँ । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर अन्तिम संस्कार (अन्तेष्टि)का लागि सानो गौचरणबाट पशुपति आर्यघाटतर्फ लगिएको छ । यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएकाे थियाे ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको थियो । उनको निधनपछि सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको हो ।

स्व. ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।

ढुंगनालालाई सरकारले राजकीय सम्मानका साथ अन्तिम बिदाइ गर्ने निर्णय गरेकाे थियाे । साेही अनुसार उनको पार्थिव शरीर आज नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update