पूर्वसभामुख ढुंगानाको शाेकमा आज सार्वजनिक बिदा
काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले राजकीय सम्मानका साथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
उनका अनुसार सरकारले आज पूर्वसभामुखढुंगानाको निधनमा शोक मनाउन मंसिर ३ गते सार्वजनिक बिदा दिने र नेपालका सरकारी कार्यालय र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पूर्वसभामुख ढुंगानाको मंसिर २ गते आईतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । पूर्वसभामुख ढुंगानाको निधनमा सरकारले शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१ ११:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय