काठमाडौं । कान्ति बाल अस्पतालमा मोडुलर अपरेसन थियटरको निर्माण हुने भएको छ । कान्तिबाल अस्पतालमा काठमाडौं महानगरपालिकाले मोडुलर अपरेसन थियटर निर्माण गरिदिने सम्झौता भएसंगै अस्पतालमा अत्याधुनिक मोडुलर अपरेसन थियटर निमार्ण हुने भएको हो ।
अत्याधुनिक प्रविधियुक्त मोडुलर अपरेसन थियटर निर्माण भएसंगै स्वास्थ्य उपचारको क्षेत्रमा नयाँ आयम थप हुने कान्ति अस्पतालले अपेक्षा समेत गरेको छ । अस्पतालमा मोडुलर ओटी निर्माण भएसंगै शल्यक्रियाका लागि पालो कुर्नुपर्ने बाध्यता कम हुनुका साथै अस्पतालको अपरेसनमा समेत गुणस्तरता बढ्ने अस्पतालको भनाई छ ।
सरकारी स्वास्थ्य सेवाको क्षमता बढाउन तथा सेवा विस्तार गर्ने उदेश्यले कान्तिबाल अस्पतालमा माडुलर अपरेसन थिएटर निर्माण गरिन लागिएको हो । मडुलर अपरेसन थियटरको निर्माणका लागि काठमाडौं महानगरपालिकाले ५ करोड ५० लाख रुपैयाँ सहयोग दिने अस्पतालले जनाएको छ ।
साथै अपरेसन थियटरका लागि बाँकी २ करोड नेपाल सरकारबाट गरी कुल साडे सात करोडमा लागतम अपरेसन थियटरका निर्माण हुने अस्पतालले जनाएको छ । साथै, अपरेसन थियटर निर्माणका लागि ड्रइङ् डिजाइनका लागि टेन्डर आवहान प्रक्रिया गरिएको समेत अस्पतालको भनाई छ ।
कान्तिबाल अस्पतालमा निर्माण गरिन लागिएको मोडुलर अपरेसन थियटरको निर्माण तथा उपकरण जडान कार्य २०८२ ज्येष्ठ मसान्तभित्र सम्पन्न गर्नुपर्ने गरी काठमाडौं माहानगरपालिका र कान्ति अस्पताल बिच सम्झौता भएको छ ।
अस्पतालले नयाँ अपरेसन थियटर निमार्ण भएसंगै वार्डको संख्या समेत सोहि अनुरु बनाइनु पर्ने भएकाले त्यसको लागि थप गृहकार्य समेत गरिरहेको छ ।
मोडुलर अपरेसन थियटर एक अत्याधुनिक अपरेसन थियटर हो । यस्तो खालको अपरेसन थिएटरमा अध्याधुनिक मेसिनका साथै ओटीको प्रवेश गर्ने ढोकादेखि, भुई, भित्ता र सिलिङहरु नै विशेष प्रकारले निर्माण गरिएको हुन्छ ।
जसका कारण यस्तो प्रकारको अपरेसन थियटरमा अपरेसन गर्दा बिरामीमा संक्रमण समेत निकै कम हुने चिकित्क बताउँछन् ।