पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन
काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । आइतबार ८३ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ढुङ्गानालाई फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारकै क्रममा उनले देहत्याग गरेका हुन् ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना नेपालको कानुनी क्षेत्रमा प्रख्यात व्यक्ति हुन् । उनी २०४८ सालदेखि २०५१ सम्म प्रतिनिधिसभा (संसद)को सभामुख बनेका थिए । उनलाई तत्कालीन सशस्त्र विद्रोही पक्ष नेकपा माओवादीलाई शान्ति प्रक्रिया तथा मूलधारमा ल्याउन भूमिका खेल्ने पात्रका रुपमा समेत चिनिन्छ ।
पञ्चायतकालदेखि नै विद्यार्थी संगठनमार्फत राजनीतिमा उदाएका उनी मानवअधिकारवादी समेत थिए । यस्तै, नागरिक समाजको अगुवाइ तथा पत्रकारिता शिक्षा क्षेत्रमा समेत उनको योगदान रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय