काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ४५७ औँ शृङ्खलामा ‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयमा परिचर्चाका साथ कविगोष्ठी सम्पन्न भएको छ । शनिबार अपराह्न १ बजे भृकुटीमण्डप, प्रदर्शनीमार्गमा अवस्थित आर.आर.क्याम्पसमा साहित्य सन्ध्याको नियमित कविगोष्ट सम्पन्न भएको हो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र सचिव जयन्ती स्पन्दनको सञ्चालनमा सम्पन्न भएको उक्त विशेष समारोहमा माक्र्सवादी चिन्तक एवम् खरो समालोचक निनु चापागाईँ प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरूमा समालोचक विनोद मञ्जन, साहित्य सन्ध्याका सल्लाहकार विधान आचार्य, डम्बर पहाडी, ज्येष्ठ स्रष्टा बेनीबहादुर थापा, महेश राज खरेल, लीलाराज दाहाल ,सुरेन उप्रेती (विदेशबाट), रत्ननिधि रेग्मी, खेमराज निरौला, दिल पौडेल, डा.हरि सिलवाल, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)लगायतको उपस्थिति रहेको थियो ।
‘साहित्यमा अन्तरवस्तु र रूप’ विषयमा विशद चर्चा गर्नुहुँदै वरिष्ठ समालोचक एवम् चिन्तक निनु चापागाईँले वर्तमानमा साहित्यका क्षेत्रमा एकप्रकारको अन्योल र अस्तव्यस्तताको मानसिकताले जेलिएको वेलामा साहित्य सन्ध्याले यसै विषयमा चर्चाको कार्यक्रमका साथमा काव्यगोष्ठीको आयोजना गरिएको हो ।