News 24 Television
साहित्यकार चालिसेलाई ब्यथित पुरस्कार 

काठमाडौं । साहित्य सदन नेपालद्वारा सदनका संस्थापक अध्यक्ष कविवर केदारमान व्यथितका नाममा स्थापित ‘व्यथित साहित्य सम्मान’ २०८१ बाट  साहित्यकार तथा वरिष्ठ पत्रकार विजय चालिसेलाई प्रदान गरिएको छ ।

र्बाैद्ध रामहिटीस्थित साहित्य सदनमा महाकवि लक्ष्मी प्रसाद देवकोटा तथा कविवर ब्यथित जयन्तिको अवसरमा आयोजित कार्यक्रममा  प्रमुख अतिथि प्रा डा पद्मप्रसाद देवकोटाले सम्मानित व्यक्तित्व चालिसेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

कार्यक्रममा सम्मानित व्यक्तित्व चालिसेले पत्रकारिता तथा साहित्य मार्फत आफूले नेपाली भाषा साहित्यमा योगदान गरेको चर्चा गरेका छन् ।  सम्मानका साथमा नगद रु २० हजार प्रदान गरिएको थियो ।

डा. देवकोटाले साहित्यिक श्रष्टाको योगलानलाई राज्यले सम्मान गर्नु पर्ने बताए । कायंक्रममा कवि मोहन दुवाल र साहित्यकार परासर कोइरालाले साहित्यकार चालिसेको भूमिका र साहित्यिक योगदानको चर्चा गरेका थिए ।

chalise-1731827752.JPG
साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पत्रकार तथा लेखक चालिसेले साहित्य लेखन र आमसञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएकोले साहित्यकार चालिसेलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको साहित्य सदन नेपालका सचिव प्रल्हद पोखरेलले जानकारी दिएका छन् ।

कार्यक्रममा महाकवि देवकोटाको बिषयमा बिभिन्न दश जना साहित्यकार तथा कविहरुले कविचा बाचन गरेका थिए । देवकोटाको बिषयमा साहित्यकार प्रयायराज बाशिष्ठ, प्रा. जगत उपाध्याय, शान्ति रिसाल, कर्णाद महर्षि, बसन्त रिजाल, सिता भट्टराई, कवि बेदमणि घिमिरे, बाजुराम पौडेल, शारदा पराजुली, मेनुका पोखरेल, बटुक प्रसाद न्यौपाने, धनश्याम एसी र सुनिता बुढाथोकी  कविता बाचन गरेका थिए । 

कार्यक्रममा साहित्य सदनमा सहसचिव डा. कृष्ण सुवेदीले साहित्य सदनले साहित्यिक क्षेत्रमा संचालन गदै आएको साहित्यिक गतिविधिको चर्चा गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update