काठमाडौं । कर तथा राजश्व चुहावटमा नेपालमा कर योग्य आम्दानी गर्ने बिभिन्न पेशा ब्यवसायीहरु रहेका छन् । कर योग्य आम्दानी गर्ने केही ब्यापारिक समूह, घर जग्गा कारोवार गर्ने समूह, एजेन्टस, शैक्षिक कन्सन्टेन्सी, परामर्शदाता, ल फर्म, क्लिनिक तथा केही सेवा प्रदायक संस्थाहरु करको दायरा भन्दा बाहिर रहेपछि सरकारको राजस्व संकलनमा संकुचन मात्रै आएको छैन, कर छली समेत बढेको छ ।
सरकारले कर दिवस मनाइरहेको बेलामा सरकारले करको दायरा भन्दा बाहिर रहेको करीव ३० प्रतिशत भन्दा बढी ठूलो समूह र ब्यक्तिलाई करको दायरा समेट्न सकेको छैन् । सरकारले कर योग्य आम्दानी गर्ने ठूला समूह, शैक्षिक परामर्शदाता कन्सल्टेन्सी, कानूनी सेवा केन्द्र, क्लिनिक लगायतका सयौ सेवा प्रदायक समूह र ब्यक्ति करको दायरा भन्दा बाहिर रहेका छन् ।
त्यसैगरी खाद्यान्न, लत्ता कपडा, बिद्युतिय सामग्री मोवाइल लगायतको ब्यापारमा आवद्ध ब्यापारी ठुलो संख्यामा करको दायरा भन्दा बाहिर छन् ।
पसल ब्यवसाय गर्ने ठूलो समूहलाई राज्यले पहिचान नै गर्न सकेन । त्यसैगरी दर्ता नभईकन संचालनमा रहेका सेवा कम्पनी, ब्यापारिक फर्म र धार्मिक संस्थाहरु पनि करको दायरा भन्दा बहिर छन् ।
बिभिन्न पेशा ब्यवसाय गर्ने ब्यापारीहरुले भन्सार तथा राजश्व छली गरी कारोवार गर्ने गर्दा पनि राजश्वको निकायहरुले पत्ता नपाएको हुदाँ नेपालमा ५० प्रतिशत भन्दा बढी अनौपचारिक ब्यापार संञ्चालन भइरहेको छ ।
कतिपय होटल, रिर्सोट, रेष्टुरा बार र शहर बजारमा कपडा पसल, खाद्यान्नको कारोवार गर्ने ठूलादेखि साना ब्यापारीले कर छली गरेको राज्यले पत्तो नै पाएको छैन । करका कर्मचारीको इमान्दारिता र राजश्वको निकायहरुको गम्भीरता नहुदाँ सरकारले लक्ष्य अनुरुप कर संकलन गर्न सकेको देखिन्न ।
कर प्रणालीलाई चुस्त बनाउन नसकिएको स्वीकार गर्दै अर्थमन्त्री विष्णु पौडेलले राजस्व संकलनलाई उच्च प्राथमिकतामा राख्न नसक्ने हो भने मुलुकले ठूलो क्षति व्यहोर्नुपर्नेमा जोड दिएका छन् । यस्तै उनले बजेटको सीमामा पुग्न करको दायरालाई फराकिलो र चुस्त बनाउनुपर्नेमा समेत जोड दिए ।
अर्थमन्त्री पौडेलले भने जस्तो कर तथा राजश्व प्रशासनमा खासै सुधार हुन सकेको छैन । सरकारले बजेटमा लिएको लक्ष्य अनुरुप कर तथा राजश्व संकलन गर्न नसकेको अवस्थामा कर तथा राजश्वका दायरा बढाउन कर प्रशासन चुस्त र प्रभावकारी हुन सकेको र्छैन ।
कर, राजश्व तथा भन्सार प्रशासनमा सुधार गर्न नसक्दा सरकारले हरेक बर्ष लक्ष्य अनुरुप कर तथा राजश्व संकलन गर्न सकेको छैन् । कर छली र राजश्व चुहावटमा सम्लग्न ब्यक्ति तथा समूह अहिले पनि राजनीति र कर्मचारीको संरक्षणमा छन् । यद्यपी सरकारले धेरै कर तिर्नेहरुलाई सम्मान समेत गरेको छ । कर तिर्न प्रोत्साहन गर्न भन्दै सरकारले हरेक वर्षको मंसिर १ गते सम्मान गर्दै आएको छ ।