News 24 Television
उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले गराउन प्रतिबद्ध छौँ  : गृहमन्त्री लेखक

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

शुक्रवार सिंहदरबारमा संसदको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोल्दै उनले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताए ।

उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि बताए । निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने गृहमन्त्री लेखकले बताए ।

उनले भने, ‘उपनिर्वाचनको प्रक्रिया अघि बढेको छ । मैले सरकारको तर्फबाट र मेरो तर्फबाट के आग्रह गर्न चाहन्छु भने उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र ढंगले सम्पन्न हुन्छ । यसका लागि सुरक्षाका सबै आवश्यक प्रवन्धहरु मिलाईन्छन । मैले उपनिर्वाचन केन्द्रित केन्द्रिय सुरक्षा समितिको बैठक पनि राखि सेको छु । र, सबै सुरक्षा निकायहरुलाई सुरक्षाको उचित प्रबन्ध गर्न आवश्यक निर्देशन दिइसकिएको अवस्था छ । त्यसका लागि आवश्यक निर्णय भइसकेको छ । निर्वाचन आयोगसँग समन्वय गरेर निर्वाचन आयोगलाई आवश्यक सुरक्षा प्रबन्ध मिलाईनेछ । र, अत्यन्त निष्पक्ष, स्वतन्त्र ढंगदे निर्वाचन सम्पन्न गर्ने कुरामा हामी प्रतिबद्ध छौं । निर्वाचन गर्ने निर्वाचन आयोगले हो । सरकारले निार्वच्न आयोगलाई सुरक्षालगायतका विषयमा सहयोग गर्नुपर्ने कुरामा हामी तयारी अवस्थामा छौं । म यति आस्वस्त गर्न चाहन्छु ।’ 

 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update