काठमाडौं । केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट सिकलसेल एनिमियाको औषधि ल्याएर वितरण गर्ने अभिव्यक्ति दिएका थिए । उनले भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर विरामीलाई दिन सके तथा लगनशील भएर काम गरेमा सफल हुने समेत बताएका थिए ।
तर, के प्रधानमन्त्री ओलीले भने जस्तै सिकलसेल एनिमियाका रोगका लागि भारतबाट औषधि ल्याएर विरामीलाई वितरण गर्दैमा यो रोग निको हुन्छ होला त ?
सिकलसेल एनिमिया रगतसम्बन्धित देखिने रोग मध्येको एक अनुवांशीक रोग हो । नेपालको थारुजातीमा सिकलसेल एनिमियाका बिरामी धेरै देखिने गरेको बताइन्छ । तर यो रोग थारुमा मात्र देखिन्छ भन्नु चाहि गलत हुने चिकित्सक बताउँछन् ।
यो रोग जुनसुकै जातजातीमा हुन सक्छ । फरक यतिमात्र हो की नेपालमा यो रोग थारु जातीमा बढि देखिएको छ । केहि दिन अघि धरानमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा उत्पादन र परीक्षण भएको सिकलसेल एनिमियाको औषधि विगरण गर्ने घोषणा गरेका थिए ।
उनले यो रोगका लागि लगनशील भएर काम गरे यो रोग निमुल पार्न सकिन्छ भन्ने आशय जनाउँने खालको अभिव्यतिm प्रकट गरेका थिए । तर के ओलीले भने जस्तै यो रोग औषधीको प्रयोगबाट निको हुन सक्छ त ? चिकित्सकका अनुसार सिकलसेल एनिमिया रगत सम्बन्धित अनुवांशीक रोग हो । अर्थात यो रोग वशाणुगत रुपमा सर्ने रोग हो । त्यसैले यो रोगका लागि बनेको औषधीले रोग निको बनाउँने भन्दा पनि रोगको रोकथामका लागि सहयोग पुग्ने गर्दछ ।
साथै नेपालमा देखिने गरेको सिकलसेलका बिरामीमा कस्तो खालको वंशाणुगत समस्या छ भन्ने विषयमा खोज तथा अनुसन्धान नै भएका छैनन् । जसका कारण पनि यस्ता बिरामीलाई कस्तो उपचार उपयुतm हुन्छ भन्ने विषय समेत अहिले सम्म यकिनका साथ भन्ने अवस्था अहिले पनि छैन ।
रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने तथा रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिन्छ । यो रोग पूर्णतया वंशाणुगत रोग हो । यो नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी देखिएको छ ।
यो रोग जिनमा हुने खराबीले आमा–बुबाबाट छोराछोरीमा सर्ने गर्छ । नेपालमा यो रोगको अवस्था अहिले पनि बढ्दो क्रममा छ ।
साथै रगत सम्बन्धित नै वंशाणुगत रोग थालेसेमिया र हेमोफियाका बिरामी पनि पछिल्लो समय बढ्दो क्रममा छ । तर यस्ता रोग पहिचान र उपचारका लागि छुट्टै केन्द्र नभएका कारण यस्ता रोगका रोगी उपचारको दायरासम्म ढिला पुग्ने चिकित्सकको अनुभव छ । साथै यस्ता रोग उपचारका लागि छुट्टै उपचार केन्द्र स्थापना गरी रोग उपचारसंगै रोगको बारेमा खोज र अनुसन्धानको गर्न सक्ने हो भने मात्र रोग निमुल पार्न सकिने चिकित्सकको बुझाई छ ।
नेपालमा सिकलसेलका बिरामीको यकिन तथ्यांक छैन । तर वार्षिक २ सय भन्दा बढि सिकलसेलको समस्या भएका शिशु जन्मने गरेको अनुमान छ ।
सरकारले यस्ता रोग र रोगको गम्भीरतालाई बुझेर मात्र यस्ता रोगको निदानका लागि सहि बाटो पहिल्याउँँन आवश्यक छ । साथै यस्ता रोग उपचारमा सहयोग पुग्ने खोज तथा अुनसन्धान केन्द्रको स्थापनामा जोड दिन आवश्यक देखिन्छ ।