News 24 Television
बलियो आत्मविश्वासमा रवि, विचल्लित ‘काँग्रेस–एमाले’ !

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मंगलबार रुपन्देहीमा वयान दिए लगत्तै समर्थकलाई दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्त नै हलचल भइरहेको छ ।

सहकारी ठगी प्रककरणमा कात्तिक २ गते पक्राउ परेका रविलाई मंगलबार थप अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । रविले मंगलबार नै सरकारी वकिल कार्यालय रुपन्देहीमा साढे ३ घण्टा वयान दिए । 

वयानपछि निस्कँदा रविले बलियो आत्मविश्वासका साथ समर्थकहरुलाई ‘बाघलाई खोरमा थुन्दैमा स्याल नहुने’ प्रतिकृया दिएका थिए । 

रविको यो अभिव्यक्तिपछि राजनीतिक वृत्तमा अनेक टिप्पणी भइरहेका छन् । विशेषगरी रविको प्रतिकृयामा काँग्रेस–एमालेका कार्यकताहरु प्रतिजवाफमा उत्रिएको देखिन्छ । 

सभापति रविको पक्राउलाई रास्वपाले पनि काँग्रेस र एमालेको प्रतिशोधको रुपमा व्याख्या गरिरहेको छ । यही कारण पनि काँग्रेस एमालेका कार्यकर्ताहरु रविको अभिव्यक्तिलाई काउन्टर दिन हतारिएका हुन् ।

रास्वपाले रविको पक्राउ र सरकारको समग्र कार्यशैलीप्रति विरोध जनाउँदै यसअघि नै दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । 

रविलाई पोखराबाट रुपन्देही लगिसकेपछि पनि प्रदर्शन गरिरहेको रास्वपाप्रति काँग्रेस एमालेको धारणा खासै सकारात्मक छैन । 

उता रास्वपाले भने हिरासतमै रविमाथि दुरव्यवहार भएको दावीसम्म गर्दै आपत्तिसमेत जनाउँदै आएको छ । यही अवस्थामा रविले दिएको अभिव्यक्तिपछि काँग्रेस–एमाले कार्यकर्ताहरु खुलेरै प्रतिजवाफमा उत्रिएका हुन् । 

रविले आफूलाई किन बाघको संज्ञा दिए ? 

रविमाथि सहकारी प्रकरणकै विषयमा पटक पटक म्याद थपेर अनुसन्धान भइरहेको अवस्था छ । यद्यपि रविमा निर्दोष सावित हुने आत्मविश्वास कायमै देखिन्छ । कास्कीमा लिइएको वयानमा पनि रविले आफूलाई निर्दोष सावित गर्नलाई भरपुर प्रयास गरेका थिए । 

यो क्रमलाई उनले रुपन्देहीमा निरन्तरता दिएका छन् । रविले वयानका क्रममा सुप्रिम सहकारीको सदस्य र ऋणी दुवै नभएकोले आफूले सहकारीको रकम दुरुपयोग गर्न नसक्ने दावी गरेका छन् । 

यसमा आफूविरुद्ध अरु कसैको षड्यन्त्र भएको रविको दावी छ ।  समग्रमा सहकारीको रकम गोर्खा मिडिया प्रा.लिमा आएकोबारे अनविज्ञाता प्रकट गर्दैै रविले आफूलाई निर्दोष सावि गराउन खोजिरहेका छन् । यी सबै घटनाहरुको दोषी जीवी नै रहेकोसमेत उनको तर्क छ । 

आफ्नो संलग्नता नहुँदा जीबीले नै सबै अपराधको भारी बोक्ने र आफू निर्दोष सावित हुने आत्मविश्वासका कारण पनि रविले आफूलाई बाघको संज्ञा दिएका हुनसक्छन् । 

रविको उस्तै विगत 

लामो समय संचार कर्ममा रहँदा रवि लामिछानेले केही उदाहारणीय र सामाजिक कार्यसमेत गरेका छन् । तर यसैक्रममा उनले आ–त्महत्या दुरुत्साहनको आरोप समेत खेपे । यही प्रकरणमा चितवनमा केही समय हिरासत बसेको रविले अन्त्यमा सफाइ पाएका थिए । 

उक्त प्रकरणछि नै रविप्रति जनसमर्थन बढेको थियो । यसपछि राजनीतिमा होमिएका रवि ०७९ को आम निर्वाचनबाट चितवन – २ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । 

यो निर्वाचनमा उनको दल रास्वपा संसदकै चौथो ठूलो दलसमेत बन्यो । तर त्यसको केही महिनामै नागरिकता प्रकरणमा दोषी ठहरीएपछि रविको सांसद पद भने गुम्न पुगेको थियो ।

त्यसपछि नागरिकता सच्याएर पुनः उपनिर्वाचनमा होमिएका रविले चितवनकै मतदाताहरुबाट सर्वाधिक मत प्राप्त गरे । अहिले उनको नाममा सबैभन्दा बढी मत ल्याएर विजयी हुने सांसदको गर्विलो रेकर्ड पनि छ । 

हालको सहकारी ठगी प्रकरणमा पनि दलीय घेरामा रहेका रविलले सफलाइ पाए अर्को गर्विलो इतिहास रच्नेछन्  । यो प्रकरणमा पनि निर्दोष सावित हुने अपेक्षाले रविले आफूलाई बाघको उपमा दिएको हुनसक्छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update