इजिप्टद्वारा इजरायली मन्त्रीको निन्दा
एजेन्सी । इजिप्टले इजरायली अर्थमन्त्री बेजलेल स्मोट्रिचले वेस्ट बैंकमा इजरायली सार्वभौमसत्ता लागू गर्न र बस्ती बिस्तार गर्न आह्वान गरेको हालैको टिप्पणीको निन्दा गरेको छ ।
राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको नेतृत्वमा आगामी अमेरिकी प्रशासनको समर्थनमा इजरायलले २०२५ सम्ममा कब्जा गरेको वेस्ट बैंकमा सार्वभौमसत्ता बिस्तार गर्ने आशा व्यक्त गर्दै स्मोट्रिचले सो टिप्पणी गरेका हुन् । इजरायली सरकारको एक सदस्यद्वारा गैरजिम्मेवारपूर्ण कुरा गर्नु राम्रो नरहेको इजिप्टको भनाइ छ ।
काइरोले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारलाई कायम राख्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीलाई जोड दिँदै त्यस्ता टिप्पणीहरूले चरमपन्थ र हिंसालाई बढावा दिने चेतावनी दिएकाे छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय