रुपन्देही । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई मंगलवार रुपन्देही पु¥याई बयान लिन शुरु गरिएको छ ।
लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिलको कार्यालय लगि बयान शुरु गरिएको छ भने लामिछाने समर्थकहरूले विमानस्थल बाहिर, सरकारी वकिल कार्यालय र जिल्ला अदालत रुपन्देहीमा नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
उता, जिल्ला सहकारी वकिलको कार्यालय रूपन्देहीमा रवि लामिछानको बयान चलिरहँदा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले प्रदर्शन गरेका छन् ।
रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई मंगलवार भैरहवा ल्याइ बयान लिन शुरु गरिएको छ । सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पौने १ बजे भैरहवास्थित सरकारी वकिल कार्यालयमा ल्याइएको हो । रुपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि रवि मुछिएका छन् ।
सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको कार्यकक्षमा प्रहरीका अनुसन्धान अधिकृतहरुले बयान लिन सुरु गरेका छन् ।
लामिछानेलाई बढीमा ३ दिन मात्र रुपन्देहीमा राख्ने प्रहरीको तयारी छ । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याइएपछि मंगलबार दिनभर भैरहवा क्षेत्रमा प्रदर्शन भइरहेको छ । लामिछाने समर्थकहरूले विमानस्थल बाहिर, सरकारी वकिल कार्यालय र जिल्ला अदालत रुपन्देहीमा नाराबाजीसहित प्रदर्शन गरे । लामिछानेलाई मध्यान्ह १२ः२० बजे बुद्ध एयरमार्फत रुपन्देही ल्याइएको हो ।
रास्वपाका कार्यकर्ताहरूले राजनीतिक प्रतिशोधका आधारमा रविलाई पक्राउ गरिएको भन्दै रुपन्देहीमा पनि उस्तै किशिमको प्रदर्शन गरे ।
यस्तै, रास्वापाले कार्यकर्ताले प्रदर्शन शान्तिपूर्ण हुने उल्लेख गर्दै प्रदर्शनकारीका लागि आचारसंहिता समेत सार्वजनिक गरेका थिए ।
यता, लामिछानेको बयान चलिरहँदा सुप्रिम सहकारीपीडितहरूले पनि विरोध प्रदर्शन गरेका छन् । सुप्रिमबाट लामिछानेको नाममा २ करोड ऋण प्रवाह भएको बताइएको छ ।
लामिछानेसहित गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष एवं वर्तमान संरक्षक गितेन्द्रबाबु राईसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
तीमध्ये लामिछानेसहित १२ जनालाई कात्तिक ८ गते अनुमति दिएको थियो । सुप्रिम सहकारीबाट २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ ।
१४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतका अनुसार लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलन र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित ७० भन्दा बढी प्रश्न सोध्ने छ । थप प्रश्न बयानकै क्रममा पनि हुने बताइएको छ ।