News 24 Television
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान

मुगु । रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान गरिएको छ ।   निकुन्ज भित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । 

रारा राष्ट्रिय निकुन्जमा वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, प्राणी शास्त्र केन्द्रीय विभागमा विद्यावारिधि गरिरहेका विद्यार्थी तिलक थापा मगर, अनुसन्धानकर्मी विमलराज श्रेष्ठ, स्नातकोत्तरका विद्यार्थी वाचन प्रसाई र मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष बिर्खबहादुर रोकाया उक्त अनुसन्धानमा सक्रिय छन् । 

सो अनुसन्धानको सुपरिवेक्षण प्राणीशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक हरिप्रसाद शर्माले गरिरहेका छन् । कार्तिक ५ गते देखी २१ दिनको लागी रारा राष्ट्रिय निकुञ्जको बिभिन्न ४२ स्थानमा क्यामरा जडान गरीएको हो ।  

२०७३ सालका रारा राष्ट्रिय निकुन्ज भित्र कस्तुरी, मृग, रेडपाण्डा लगाएत अन्य विभिन्न प्रजातिका बन्य जन्तु धेरै भेटीने देखिने गरेका थिए । तर पछिल्ला बर्षहरुमा चा्री, शिकारी, वन फडानी, छाडा पशुचौपाय चरीचरण साथै रारा राष्ट्रिय निकुञ्जको लापरवाहीले गर्दा केही स्थानमा मात्र वन्यजन्तुहरु भेटिए पनि विगतको भन्दा पछिल्ला बर्षहरुमा रारामा रहेका बन्यजन्तुहरु लोप हुदै गहिरहेको स्थानीयको गुनासो छ ।

रारा राष्ट्रिय निकुञ्ज भित्र रहेका वजन्तु, वनस्पति, चराचुररुङ्गी लगाएत निकुन्ज भित्र रहेको सबै क्षेत्रको रेखदेखका साथै संरक्षण अभिलेख राख्नको लागि जिम्मा पाएको रारा राष्ट्रिय निकुन्जमा वन्यजन्तुहरुको कुनै पनि अभिलेख छैन । रारा राष्ट्रिय निकुञ्ज, मध्यवर्ति क्षेत्र, नेपाली सेना र सरोकारवाला निकायहरुको संयुक्त गस्ती गरिरहेका छन् । 

भौगोलिक अवस्थाले टाढाटाढाका बस्तीमा गस्ती गर्न नसक्नुले चोरी शिकारी हुने गरेको छ ।  विगतको भन्दा पछिल्लो समयमा वन्यजन्तुहरु घट्दो अवस्थामा रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

¥यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक÷एक क्यामेरा राखी जाडो र गर्मी मौसममा अनुसन्धान गरिने बताइएको छ । प्रत्येक क्यामेरा ट्य्राप २१ दिनसम्म राखिनेछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update