बयानका लागि रुपन्देहीमा रवि लामिछाने
काठमाडौँ । सहकारीको रकम अपचलनमा मुछिएका रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको छ । मंगलबार पोखराबाट विमानमार्फत भैरहवा लगेर लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उपस्थित गराइएको हो ।
उनलाई बुद्ध एअरको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । त्यहाँबाट कडा सुरक्षाका बीच उनलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो ।
बुटवलस्थित सुप्रिम सहकारीको बचत रकम अवैध रुपमा गोर्खा मिडियामा लगेर खर्च गर्नमा रविको समेत शंकास्पद भूमिका देखिएको भन्दै सोही मुद्दाको अनुसन्धानका लागि उनलाई रुपन्देही लगिएको हो । पोखराको सूर्य दर्शन सहकारीको रकम अपलनबारे अनुसन्धानका लागि उनलाई कास्की जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १४:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय