News 24 Television
आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

काठमाडाैँ । आज हरिबोधनी एकादशी । भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ । हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरेर मनाइन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ ।

हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबाेधिनी एकादशी पनि भनिन्छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update