काठमाडौँ । गण्डकी प्रदेशका सांसद एवं पूर्व प्रदेश मन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर ५ वर्ष कैद सजाय सुनाइएका मनाङेलाई प्रहरीको सीआईबी टोलीले मंगलबार बिहान काठमाडौंस्थित सानो भर्याङबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले यही कार्तिक २० गते उनलाई ५ वर्ष कैद सजायको फैसला गरेपछि मनाङे फरार थिए । उनलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । यसअघि जिल्ला अदालत काठमाडौँ र पाटन उच्च अदालतको फैसला बमोजिम मनाङेले करिब २ वर्ष ८ महिना सजाय काटिसकेका छन् । ५ वर्षमध्ये बाँकी रहेको कैद सजाय भुक्तानका लागि उनलाई प्रकाउ गरिएको हो ।
उनले केही दिनअघि एक विज्ञप्ती जारी गर्दै फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि आफै अदालतमा उपस्थित हुने बताएका थिए । तर मोबाइल स्वीच अफ गरेर बसेका उनले मोबाइल भने काठमाडौँ बाहिर पठाएर आफू काठमाडौँमा आफन्तको घरमा लुकेर बसेको पाइएको हो ।