काठमाडौँ । पछिल्लो समय स्वास्थ्य बीमामा देखिएका विभिन्न समस्याका कारण स्वास्थ्य बीमा प्रति बीमितको विश्वास टिकाइ राख्न गाह्रो भएको छ । यस्तो समयमा स्वास्थ्य बीमामा देखिएका समस्या पहिचान गरी कसरी प्रभाकारी बनाउँन सकिन्छ भन्ने तर्फ लाग्नु पर्ने हो । तर, स्वास्थ्य बीमा बोर्ड अहिले नेतृत्वविहीन बनेको छ । प्रमुख जिम्मेवारीको पद नै रिक्त बनेसँगै यसले स्वास्थ्य बीमा थप समस्यामा ग्रस्त बन्ने जोखिम बढाएको छ ।
स्वास्थ्य बीमा प्रभावकारी बनाउँन अग्रणी भूमिका खेल्ने स्वास्थ्य बीमा बोर्ड पछिल्लो समय आफै थला परेको छ । स्वास्थ्य बीमा बोर्ड अहिले आफै नेत्तृवविहिन बनेको अवस्था छ । गत असोज महिनामा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीले आफ्नो तीन वर्ष भन्दा बढि समय कार्यकाल बाँकी रहदाँ नै राजिनामा दिएका थिए । अहिले पनि अध्यक्षको पद बोर्डमा रित्त छ भने, अहिले बोर्डका कार्यकारी निर्देशक डाक्टर दामोदर बसौलाको चार वर्षे कार्यकाल कात्तिक २५ गते आइतबार पूरा भएसँगै बीमा बोर्ड अहिले नेतृत्वविहिन बनेको छ । तर स्वास्थ्य मन्त्रालय भने बीमा बोडको रित्तपदका लागि छिटै दरबन्दी नियुतिm गर्ने योजनामा मन्त्राय रहेको र स्वाथ्य मन्त्रीले पनि चासो देखाएको मन्त्रालयको भनाई छ ।
सबै वर्गका नागरिकालागि स्वास्थ्यमा सहज पहुँच होस भनि स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिएको थियो । तर पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमले आफ्नो अवधारणा अनुरुप सेवा संचालन गर्न सकेको छैन । यसरी बीमा कार्यक्रम प्रभाकारी नदेखिनुका विविध कारण मध्ये स्वास्थ्य बीमा बोर्डमा आवश्यक महत्वपूर्ण जनशतिm अभाव पनि एक हो । स्वास्थ्य बीमा ऐन २०७४ लागू भएपछि सरकारले हालसम्म तीन जना अध्यक्ष नियुक्त गरेको छ । तर कसैले नियुक्त गरिएका तीन जना अध्यक्षले आफ्नो चार वर्षे कार्यकाल पुरा गरेको देखिदैन । बोर्डको महत्वपूर्ण पदका पदाधिकारीको पद नै रिक्त बन्दा बीमा बोर्ड आफै अस्थिरता र अनिश्चितताको भूमरीमा फस्दै जाने जानकारहरु बताउँछन् ।
सरकारको नेतृत्व परिवर्तन हुँदा समेत कार्यक्रमको दिशा नै फेरबदल गर्ने तथा सरकारले बीमा कार्यक्रमलाई महत्वकांक्षी कार्यक्रमका रुपमा लैजान नसक्दा पनि स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय खस्कदो अवस्थामा पुगेको देखिन्छ । यसको समग्र सुधारमा सरकारले विशेष ध्यान दिनैपर्ने देखिन्छ ।