काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको एकदिन नवित्दै रविलाई थप १३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ ।
राजनीतिक प्रतिशोध भन्दै सडकमा उत्रिएको रास्वपालाई सरकारले र सत्ता पक्षले समेत अनेक प्रश्न गर्न थालेको छ । यस विषयले सत्ता र रास्वपाको विवाद थप उत्कर्षमा पुग्ने सम्भावना बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति रवि लामिछाने हिरासतमा रहेका समय सडक आन्दोलनमा सक्रिय छ । सडकमा उत्रिएको रास्वपाको माग छ, रविलाई रिहा गर्नुपर्छ । रविमाथि राजनीतिक प्रतिशोध साँध्न पाइन्न । तर, रास्वपाको यो शैलीले उ आफै थिति र विधिमा चल्ने सम्भावना भने क्षीण बन्दै गएको छ ।
विधिको शासन र कानूनी राज्यको वकालत गर्ने रास्वपाले अदालतको आदेशमा चलिरहेको अनुसन्धानलाई प्रश्न गरेर उल्टो बाटोमात्रै तय गरेको छैन्, दोश्रो चरणको आन्दोलनबाट रविको रिहाईको माग गर्ने निर्णय गरेको छ ।
रास्वपाले आन्दोलन गरेको भोलिपल्ट नै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भद्र जवाफ दिदै भनेका छन, हाम्रा साथीहरु पक्राउ पर्दा हामी चुप बस्यौं । सरकारले अनुसन्धान गर्ने विषयलाई सघाउनुपर्छ । हल्ला गरेर हुन्न ।
कांग्रेसले यस्तो जिकिर गरेकै दिन रास्वपा भने रविको प्राण रहेसम्म पार्टी नेतृत्व दिन तयार रहेको निम्छरो जवाफमा अल्झिएको छ । रास्वपाका उपसभापति समेत रहेका प्रतिनिधिसभा सदस्य डीपी अर्यालले रवि हिरासत, जेल वा जहाँ भएपनि सभापति अरु नबन्ने बताए । उनले कार्यबाहक कसले पाउँछ भन्ने विषय गौण रहेको भन्दै रविप्रति बफादारिता दर्शाए ।
रास्वपाले आन्दोलन गरिरहेको छ । सरकारप्रति आक्रोश पोखिरहेको छ । तर, सरकारले निरन्तर रुपमा अनुसन्धानको काम गरिरहेको छ । यस्तोमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले राा्वपाका सांसदहरुमाथि गम्भीर प्रश्न गरेका थिए । रास्वपाका सांसदहरुलाई माननीय भन्नपनि लाजमर्दो स्थिति बनेको भन्दै आक्रोश पोखेका ओलीले सांसदहरुलाई कोहि टिपेका र कोहि चुनिएका भन्दै गम्भीर कटाक्ष नै गरेका थिए ।
यसरी रास्वपामाथि अनेक प्रकारले हमला शुरु भएको छ । रास्वपाले राजनीतिक व्यवहार देखाउन नसक्दा यस्तो स्थिति निम्तिएको चर्चा पनि चल्ने गरेको छ । नेताहरुले परिपक्क ढंगले जवाफ दिने र बोल्दा ध्यान पु¥याउनुपर्नेमा जथाभावी तथानाम बोल्दा उनीहरु समस्यामा फस्दै गएको चर्चा हुन थालेको छ ।
छैन थिति र विधि
रास्वमा कार्यकारी दुई प्रमुख पदविहीन छ । पार्टी महामन्त्री मुकुल ढकाल कारबाहीमा परेपछि महामन्त्री नभएको रास्वपामा अहिले सभापति पनि छैनन् । पार्टी सभापति हिरासत पुगेपनि कार्यबाहक जिम्मेवारी नतोक्दा रास्वपा अहिले थिलोथिलो डगमगले चलिरहेको छ । नेताहरु दुई गुटमा विभक्त भएका छन् ।
डीपी र स्वर्णिम वाग्लेको समुह सक्रिय रहेको बताइन्छ । यी समूहरु राज्यका निकायले गर्ने अनुसन्धानलाई सघाउनुपर्ने र दबाब पनि जारी राख्नुपर्नेमा जोड दिइरहेका छन् । तर, डीपी समूह भने ढिपी कसेरै सडकमा उत्रिन थालेको बताइन्छ ।
जुन विषयले रास्वपाले भनिरहेको सुशासन, विधिको कुरा हल्ला र चर्चा मात्रैमा सिमित बन्न पुगेको आरोप लाग्न थालेको छ ।