News 24 Television
मौका परीक्षामा कसरी बन्ने सहभागी ? कहाँ दिने परीक्षा ?

काठमाडौं । २०५६ देखि यताका कक्षा ११ र १२ मा अनुत्तीर्ण भएका विद्याथीले मौका परीक्षा दिन पाउने भएका छन् । २५ वर्ष अघि भर्ना भएर परीक्षामा फेल भएका कक्षा ११ र १२ का विद्यार्थीले पुनः मौका परीक्षा दिन पाउँने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गर्न लागेको हो । 

राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा अनुत्तीर्ण भएका, डी र ई ग्रेड प्राप्त गरेका र अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिन पाउँने भएका छन् । साथै स्नातक र स्नातकोत्तरका विद्यार्थीलाई पनि मौका परीक्षाको व्यवस्था गरिएको छ । 

कतिपयले काम विशेषले त कतिले परिक्षामा अनुत्तीर्ण भएर बीचमै पठाई छोडेका हुन्छन् । कारणबस बीचमै पढाई छोड्नु परेकाहरुका लागि अहिले मौका परीक्षाको सुविधा प्रदान गरिएको छ । 

परीक्षामा अनुत्र्तीण वा कुनै कारणवस परिक्षामा सहभागी हुन नपाएका पछिल्लो २५ वर्ष पुराना कक्षा ११ र १२ का विद्यार्थीका लागि मौका परीक्षा लिने तयारीे सरकारले गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गदै २०५६ साल यताका कक्षा ११ र १२ का विद्यार्थीलाई मौका परीक्षा दिन पाउने जनाएको छ । 

मौका परीक्षामा क–कस्ले सहभागी हुन पाउँने छन् त ? 

-    राष्ट्रिय परीक्षा बोर्डका अनुसार रजिस्ट्रेशन नम्बरको शुुरूको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरू सहभागी हुन पाउने 

-  जसमा २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई अनुत्र्तीण भएका परीक्षार्थीहरू 

-    अंकन प्रणालीमा कुनैपनि विषयमा अनुत्तीर्ण भएका तथा अक्षरांकन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरू

-  साथै प्रयोगात्मकतर्फ अनुत्तीर्ण भएका विद्यार्थीहरू पनि सहभागी हुन पाउने

मौका परीक्षामा सहभागी हुन कस्तो छ प्रावधान 

-    सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भर्नुपर्ने 

-    त्यतिबेला सञ्चालनमा रहेका तर हाल खारेज भएका वा सञ्चालनमा नरहेका 

विद्यालयका विद्यार्थीको हकमा बोर्डमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउन सकिने 

-  परीक्षा आवदेन शुल्क प्रति विद्यार्थी प्रत्येक विषयको १ हजार  रुपौयाँ मंसिर २७ गते भित्र बुझाउँनु पर्ने 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार मौका परीक्षा आवेदनका लागि विद्यार्थीले आफु अनुत्तीर्ण भएको विषय तथा ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र फारम भर्नुपर्ने छ । साथै आगामी मंसिर २७ गते हुने मौका परीक्षाको केन्द्र र मिति आवेदन फारामको संख्या अनुसार पछि तय गरिने समेत बोर्डले जानकारी गराएको  छ। 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update