News 24 Television
रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको एकल इजलासले आइतबार लामिछानेलाई अनुसन्धानका लागि थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो ।

अदालतको आदेशसँगै लामिछाने अझै १३ दिन प्रहरी हिरासतमा बस्ने भएका छन् । उनलाई कार्तिक २ गते पक्राउ गरेर हिरासतमा राखिएको थियो । यसअघि तीनपटक सम्म म्याद थप गरेर हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update