कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासत राख्न अनुमति
काठमाडाैँ । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो ।
मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषद्बाट स्वीकृत नगराएर आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
आइतबारै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । अदालतले अनुसन्धानका लागि उनलाई २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त अनुमति दिएको हो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय