विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । प्रहरीको टोलीले आइतबार उनलाई विराटनगरस्थित निजी निवासबाट पक्राउ गरिएको हो ।
कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री हुँदा उनले प्रदेश मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नै नगराई जापान गएपछि उनी आलोचित भएका थिए । आलोचना बढेपछि मन्त्रीबाट राजीनामा त दिइ तर उनीमाथि अवैध रुपमा अन्य व्यक्तिलाई जापान लगेको आरोप लाग्यो । मानव तस्करीको स्वरुपमा उनी जापान गएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोही क्रममा उनलाई पक्राउ गरिएको हो ।
अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । पक्राउलगत्तै उनलाई विमानमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको उनको भनाइ छ ।
मानव तस्करीको गम्भीर आरो लागेपछि अधिकारीलाई एमालेले शनिबार पार्टीका सबै पदबाट निलम्बन गरिसकेको थियो ।