रविलाई चौथोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइयो
काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ गरी हिरासतमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा))का सभापति रवि लामिछानेलाई चौथोपकट अदालतमा उपस्थित गराइएको छ । उनीमाथि अनुसन्धान नसकिएकोले पुनः हिरासतमा राख्ने म्याद थप्न भन्दै कास्की प्रहरीले लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई यही कार्तिक २ गते काठमाडौँबाट पक्राउ गरी कास्की लगिएको थियो । त्यसयता पटकपटक म्याद थप्दै उनलाई हिरासतमा राखिएको छ । आइतबार पुनः चौथोपटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
रविलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राखिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । उनलाई हिरासतमुक्त गरेरै अनुसन्धान गर्न सकिने भए पनि सरकारले थुन्ने नियतले पटकपटक म्याद थप्दै गएको रास्वपाका नेताहरुको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय