News 24 Television
वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना 

वीरगञ्ज । मधेश प्रदेशको वीरगञ्जमा स्टार्टअप नवउद्यमी सम्मेलन आयोजना गरिएको छ । मधेसमा रहेको ठुलो जनसंख्यालाई स्टार्टअपमा केन्द्रित गराउन सके यसले मुलुकको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने भएकाले यो सम्मेलनले युवा उद्यमीलाई प्रोत्साहन गर्ने आशा गरिएको छ । 

नेपाल उद्योग बाणिज्य महासंघ मेधश प्रदेशले वीरगञ्जमा आयोजना गरेको स्टार्टअप तथा नवउद्यमी सम्मेलन २०२४ मा झण्डै ३ करोड जनसंख्या रहेको नेपालमा ६० लाख भन्दा बढी जनसंख्या मधेशमै भएकोेले स्टार्टअपको सम्भावना प्रचुर रहेको बताइन्छ । 

मधेसमा स्टार्टअपको ठूलो सम्भावना रहेको गुगल ईण्डीयाका ग्लोबल हेड अफ भेन्चर क्यापटिल एण्ड स्टार्टअपका हेड अपुर्भ चमरीयाको भनाई छ । 

स्टार्टअपले आर्थिक विकासको बाटो छिटो समात्न सक्ने भन्दै मधेसका मुख्यमन्त्री सतिश सिंहले व्यवसाय सानो ठूलो भन्न नहुनेमा जोड दिए  । 

नवउद्यमीलाई स्टार्टअपको जानकारी दिने र स्वरोजगारिमा जोड्न सम्मेलनको आयोजना गरिएको नेपाल उद्योग बाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीको भनाई छ । मधेश प्रदेशलाई लक्षति गरी आयोजना गरिएको सम्मलेनमा  १६ जिल्लाबाट करिब ४ सय भन्दा बढी नवउद्यमीहरुको सहभागिता जनाएका छन् । 

सम्मेलनमा नवउद्यमीहरुलाई सरकारद्वारा जारी स्टार्टअप नीतिको बारेमा जानकारी गराइएको थियो । सम्मेनलमा मधेस सरकारका मन्त्रीदेखि वीरगञ्ज महानगरपालिकाका प्रमुख लगायत धेरैको  उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update