News 24 Television
पञ्चेश्वर जलविद्युत आयोजना बन्नेमा उर्जामन्त्री विश्वस्त 

काठमाडौं । पञ्चेश्वर जलविद्युत परियोजनाको बारेमा नेपालमा चर्चा हुन थालेको लामै समय भइसक्यो । तर यसको निर्मााण् कार्य कसरी अघ बढ्छ भन्नेमै धेरै वर्ष बितिसकेको छ । तर हालै भारत भ्रमणबाट फर्किएका ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढ्ने बताएका छन् । 

तीन दिने भारत भ्रमण सकेर स्वदेश फिर्ता भएका ऊर्जामन्त्री खड्काले भारत सरकारसँग पञ्चेश्वर जलविद्युत आयोजना चाँडै अगाडि बढाउने विषयमा सहमति भएको दाबी गरे । 

नेपाल र भारतबीचमा आयोजना अगाडि बढाउने विषयमा रहेका असहमतिलाई एक आपसमा समन्वय गरी तत्काल अगाडि बढाउने विषयमा दुई देशबीच सहमति भएको पनि उनले उल्लेख गरे । 

भारतले पञ्चेश्वर लगायतका अन्य अरुण तेस्रो तथा तटबन्ध देखि सिंचाई र ऊर्जाको क्षेत्रमा आवश्यकताअनुसार अझ बढी सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि मन्त्री खड्काको दाबी छ । भारतले नेपालको विषयमा धेरै चासो र चिन्ता लिएको बताउँदै मन्त्री खड्काले भारत भ्रम्रण उपलब्धीमुलुक भएको जानकारी दिए । 

नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरुसँग छलफल समेत पनि मन्त्री खड्काको भनाइ छ । 

जलविद्युतमा लगानी र काम गर्ने वातावरण बनाउन थप आवश्यकता रहेको मन्त्री खड्काले बताए । काम गर्ने वातावरण भए नेपालमा भारतका मल्टिपल कम्पनीहरु नेपालको जलविद्युतका काम गर्न उत्साहित देखिएको पनि उनको भनाइ छ । 

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बाँध स्थल, सन् १९५६ मा भारतीय पक्षले पहिचान गरेको थियो । सुरुमा, सन् १९७१ को आयोजना प्रतिवेदनमा १००० मेगावाट क्षमताको देखिएको थियो तर पछि सन् १९९१ मा यस आयोजनाको बाँध ३१५ मिटरको बनाईंदा कुल उत्पादन ६ हजार ४ सय ८० मेगावाट हुने देखिएको हो । सन् १९९५ मा यस आयोजनाको नेपाल तर्फबाट विस्तृत आयोजना प्रतिवेदन बनेको थियो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update