काठमाडाैँ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएकाे छ । सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रुपमा छठ पर्व सम्पन्न भएको हो ।
चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरुले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठको पहिलो दिन नहाय खायु र दोस्रो दिन खरना गरेका व्रतालुहरुले बिहीवार अस्ताउँदो सूर्यदेवलाई अघ्र्य चढाएका थिए । रातभर घाटमै पूजापाठ गरी आज उदाउँदो सूर्यदेवलाई अर्घ्य दिएका हुन् ।
छठ हिन्दुहरुको एक महत्वपूर्ण पर्व हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रि ऋषि पत्नी अनुसुयाले छठ व्रत गरेकाे विश्वास पाइन्छ । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको शुरुवात भएको धार्मिक विश्वास छ ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावको रुपमा समेत विकसित छठ पर्व हिन्दु सँगसँगै मुस्लिमले पनि मनाउने गर्छन् ।