काठमाडौं । पछिल्लो समय विश्वभरमा नै तापक्रम बढ्दो क्रममा छ । जसका कारण अन्य समस्यासँगै गर्मी मौसममा देखिने कीटजन्य संक्रमणको जोखिम समेत बढ्दै गएको छ ।
बढ्दो गर्मीकै उपजका रुपमा पछिल्ला केहि वर्षयता डेंगी संक्रमण लामो समय रहने मात्र नभएर चिसो स्थानमा समेत फैलिसकेको छ । आगामी दिनमा यसको प्रकोप थप बढ्ने भएकाले दीर्घकालीन योजना ल्याउनै पर्ने चिकित्सकहरुको सुझाव छ ।
पछिल्ला केहि वर्ष यता तापक्रममा आएको वृद्धिका कारण किटजन्य रोगको जोखिम समेत उच्च बन्दै गएको छ । यसको एक उदाहरणका रुपमा डेंगी संक्रमणलाई लिन सकिन्छ ।
पछिल्ला वर्षलाई निहाल्ने हो भने गत वर्षेनी डेंगी संक्रमणबाट नेपाल सहित विश्व नै प्रभावित बन्दै गएको छ । विगत वर्षको तुलनमा डेंगी संक्रमण बढ्दै गइरहेको यसका जानकारहरुले समेत औल्याएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा यस वर्ष हरेक महिनामा कम संख्यामा नै किन नहोस् डेंगी संक्रमित भने फेला परेका छन् ।
जसका कारण कार्तिक अन्तिम साता सम्म आइपुग्दा पनि संक्रमणको जोखिम कम नभएको भन्दै सरकार आफैले पनि जनाइ रहेको छ । साथै प्रत्यक वर्ष डेंगी आउटबे्रक भएसंगै संक्रमण थप कडा बन्दै गएको चिकित्सकको अनुभव छ ।
सरकारी तथ्यांक अनुसार डेंगी संक्रमण काठमाडौं, तनहुँ, पर्वत, ललितपुर चितवन जिल्ला बढी प्रभावित जिल्लाहरुमा देखिएका छन् । साथै देशभर फैलिएको डेंगी संक्रमण मध्ये गण्डकी प्रदेशमा मात्र ५० प्रतिशत संक्रमित फेला परेका छन् ।
त्यस्तै डेंगी संक्रमणबाट अहिलेसम्म २८ हजार २ सय १२ जनाले ज्यान गुमाएको सरकारको तथ्यांक छ । कोरोना महामारी सकिएपछि डेंगी संक्रमण झनै घातक रुपमा देखापरेको चिकित्सकको अनुभव छ ।
साथै आगामी वर्षमा संक्रमण अझै चुनौतिपूर्ण रोगका रुपमा देखापर्ने चिन्ता समेत थप बढाएको छ । तर डेंगी संक्रमणले भविष्यमा पार्न सक्ने जोखिम सोचेको भन्दा पनि घातक हुन सक्ने भएता पनि विषयमा न सर्वसाधाण नत सरकार नै गभीर भएको समेत चिकित्सकको भनाई छ ।
पछिल्लो समय डेगी संक्रमण लामो समय सम्म रहने गरको तथा यसले नेपाल मात्रै नभइ विश्व नै प्रभावित बनाइरहेको तथ्य समेत बाहिर आएको छ । डेंगी संक्रमण विरुद्ध खोप प्रत्यक ६ महिनामा लगाउनु पर्ने तथा खोप नेपालले ल्याउँन सक्ने अवस्था अहिले नरहेको स्वास्थ्य मन्त्रालयले औलाएको छ ।
यस्तो अवस्थामा डेंगी संक्रमण रोकथामको उपायका रुपमा यो रोग फैलाउँने एडिस जातको लामखुट्टेको वृद्धि विकास रोग्नु नै मानिएको छ। तर तापक्रममा आएको वृद्धिका कारण डेंगी संक्रमण गराउँने लामखुट्टे अहिले पाहाडी तथा हिमाली भेगमा समेत फैलिसकेको छ ।
जसका कारण पनि डेंगी गराउँने लामखुट्टे हिमाली भेगमा समेत भेटिनुले भविष्यमा यसले सबै क्षेत्र प्रभावित बनाउँने र जोखिम समेत बढाउने प्रष्टै देखिन्छ ।
त्यसैले डेंगी संक्रमणले भविष्यमा पार्न सक्ने जोखिमलाई मध्यनजर गदै यसको रोकथाप र भविष्यमा पर्न सक्ने जोखिम न्यूनिकरणका लागि अहिलेबाट नै उचित योजना बनाउँन आवश्यक भएको विज्ञहरुले औलाएका छन् ।