काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको अनुसन्धान अझ लम्बिँदो छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रविलाई कास्की जिल्ला आदतलतले मंगलबार तेस्रो पटक १० दिनका लागि म्याद थप गरेको छ ।
यो सँगै रविमाथिको अनुसन्धान अझ लम्बिएको हो । अनुसन्धान लम्बिएसँगै रास्वपा पङ्ति भने आक्रामक बनेको छ । रविमाथि सरकारले अन्याय गरेको भन्दै उनको रिहाइको माग गर्दै मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा सरकारविरुद्ध प्रदर्शन गर्यो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि सहकारीको करोडौ रकम अपचलन गरेको आरोप छ । उनले गोर्खा मिडिया प्रा.लि अन्तर्गतको ग्यालेक्सी टेलिभजिनको प्रबन्धक रहँदा सहकारीको रकम दुरुपयोग गरेको आरोप खेपिरहेका हुन्।
यस सम्बन्धमा संसदीय छानविन विशेष समितिले गरेको अनुसन्धानले पनि रविलाई कारवही गर्न सरकारलाई सिफारिस गरिसकेको छ । तर रवि पक्राउको घटनालाई रास्वपाले भने राजनीतिक प्रतिशोधको रुपमा व्याख्या गर्दै यस्को विरोध गरिरहेको हो ।
रास्वपाले सरकारविरुद्ध गरिरहेको प्रदर्शन शान्तिपूर्ण हुने दावी गरिरहेको छ । तर प्रदर्शनस्थलमा प्रहरी र रास्वपा कार्यकर्ताहरुबीच झडप भइरहेको दृष्य पनि आइरहेका छन् ।
रास्वपाले सादा पोशाकमा खटिएको प्रहरीले घुसपैठ गरेपछिको दुई पक्षबीच तनाव भएको उल्लेख गरिरहेको छ । तर कतिपयले रास्वपा कार्यकर्ताहरुले प्रहरमिाथि नै मुक्का प्रहार गरेको बताइरहेका छन् । तर जेहोस् रास्वपा सभापति रवि लामिछानेको पक्राउको विषयलाई लिएर सरकारर प्रहरी प्रशासनविरुद्ध आक्रामक भएर प्रस्तुत भइरहेको छ ।
रविकै पक्राउको विषयलाई लिएर रास्वपाले यसअघि पनि काठमाडौं सहित पोखरामा पनि प्रदर्शन गरेको थियो । दशैँ तिहारमा आन्दोलन रोकेको रास्वपाले पुनः कडा आन्दोलन थालेको हो । यसअघि प्रधानमन्त्री कार्यालयसामु भएको प्रर्दशनमा पनि रास्वपा कार्यकर्ताहरु पक्राउ परका थिए ।
त्यसपछि पनि निरन्तरजसो भइरहेको प्रदर्शन खासै प्रभावकारी हुन नसकेको टिप्पणी भइरहेका छन् । यद्यपि रास्वपाले प्रदशर्न रोकेको छैन । उसले पूर्वघोषणा नै गरेर बुधबार पनि सरकारविरुद्ध प्रदर्शन गर्ने जनाइसकेको छ । हाल काठमाडौं र पोखरामा मात्रै केन्द्रीत रहेको आन्दोलन जिल्लास्तरबाट पनि गर्न नेताहरुले खुला निर्देशन नै दिइरहेका छन् ।
मुख्यतः रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा मात्रै नभइ संगठिन ठगी र सम्पत्ति सुद्धिकरणको विषयमा पनि छानविन हुने भएको छ ।
सहकारी ठगी प्रकरणकै विषयमा रुपन्देहीमा पनि उनिविरुद्ध उजुरी रहेकाले यसअघि नै जिल्ला अदालत रुपन्देहीले रविविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । हाल कास्की प्रहरीको नियन्त्रणमा रहेका रविलाई केही दिनमै अनुसन्धानका लागि रुपन्देही लाने तयारी भइरहेको छ ।
यसअघि रुपन्देही प्रहरीले रविलाई अनुसन्धानका लागि पठाउन भन्दै कास्की प्रहरीलाई पत्र पठाएको थियो । यही प्रकरणमा अनुसन्धान गर्न रविका व्यावसायीक पार्टनर छविलाल जोशीलाई यसअघि नै रुपन्देही लगिसकिएको छ ।
जसले रवि तत्काल छुट्नसक्ने संभावनालाई झन झन टाढा बनाइरहेको छ । उता रविकै पक्राउको विषयलाई लिएर भइरहेको रास्वपाको आन्दोलन पनि अझ चर्किँदो अवस्थामा छ ।
सरकार र प्रहरी प्रशासन लक्षित रास्वपाको आन्दोलनले भौतिक र मानवीय क्षति नहोला भन्ने अवस्था पनि छैन । तसर्थ यसप्रति सुरक्षा प्रशासन र सरकार पनि ‘हाई अलर्ट’मा रहनुपर्ने देखिन्छ ।